अवैधानिक रुपमा सञ्चालनमा रहेका व्यवसायलाई कारबाही गर्ने प्रतिवद्धता

चितवन, २६ जेठ । जिल्लामा अबैधानीक रुपमा संचालन गरिएका सेवा प्रदायक संस्थाहरुलाई कानुन अनुसार कारबार्ही प्रक्रिया अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको सर्बपक्षीय छलफलमा गलत काम गर्ने कसैलाई पनि प्रशासनले नछोड्ने बताइएको हो ।

छलफल कार्यक्रममा बोल्दै प्रमुख चितवनका जिल्ला अधिकारी बिनोद प्रकास सिंहले राज्यको नियम, कानुन बिपरित संचालन भएका सेवा प्रदायक संस्थाहरुलाई कारबार्ही गर्ने दाबी गरेका छन् । स्थानीय प्रशासनले पछिल्लो समय जिल्लामा बिचौलीय बिरुद्धको कारबार्हीलाई तिब्र पारेको छ ।

कार्यलयले पछिल्लो एक महिनाको अबिधिमा जिल्लाका ९ वटा कन्सल्टेन्सी बन्द, ६ वटा क्लिनिक र निम्बस इन्टरनेशनलको एक सय ५१ बोरा धानको बिउ बरामद गरिएको प्रजिअ सिंहले जानकारी दिए ।

अवैधानिक रुपमा सञ्चालन भएका व्यवसायलाई प्रशासनले बन्द गर्न दिएको निर्देशनलाई अटेर गरी संचालन गरेकाले प्रशासनले बन्द गरेको सिंहको भनाइ थियो । कार्यालयले अनुमगनलाई निरन्तर्ता दिने दाबी समेत गरेको छ ।

कार्यक्रममा बोल्दै निजि अस्पताल संमन्वय समिती चितवनका सचिब पुष्प धितालले स्वास्थ्य निर्देशिका अब्यबारिक रहेको दाबी गरे । चितवनका अधिकाशं स्वास्थ्य संस्थाहरु नबिकरण प्रक्रियाम गएकाले केही समय दिन उनले आग्रह गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय चितवनका जनस्वास्थ्य अधिकृत ईश्वरी पोखेरले संचालन स्वकृती नलिएका, नबिकरण नगरेका, तथा मापदण्ड बिपिरित संचालनमा रहेका स्वास्थ्य प्रदायक संस्थाहरु बन्द गरिएको दाबी गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष जगन्नाथ थपेलियाले स्थानीय प्रशासनको काम सह्रानिय भएको भन्दै त्यसलाई निरन्तर्ता दिन आग्रह गरे । त्यस्तै नेपाली काग्रेसका जिल्ला सभापती जितनारायण श्रेष्ठले प्रशासनको काम स्वागत योग्य रहेको बताए ।

दोषीहरुको पक्षपोष्णमा चितवनका राजनैतीकदलहरुले वकालत नगर्ने बताउदै दोषीहरुलाई कारबार्ही गर्नुपर्ने बताए ।

मंगलबार भएको छलफल कार्यक्रममा जिल्लाका क्रियाशिल राजनैतीकदलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, उपभोक्ता अधिकार संरक्षण मञ्चका प्रतिनिधी, स्वास्थयकर्मी, औषधी ब्यबसायी, चिकित्सक तथा अस्पताल संचालकहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.