चेपाङ्ग पुरुषहरुलाई सचेतना तालिम

रामु आचार्य
चितवन २५ जेठ । डेक नेपालको आयोजनामा स्थानिय योजना निर्माण प्रक्रियामा चेपाङ्ग महिलाहरुको सहभागिता अभिवृद्धिका लागी सरोकारवाला एबम चेपाङ्ग पुरुष अगुवाहरुको भूमिका तथा सामाजिक जवाफदेहिता बिषयक सचेतनामुलक अनुशिक्षण कार्यक्रम चितवनको ५ ओटा पहाडी गाबिस र एउटा पहाडी नगरपालिकामा सम्पन्न भएको छ ।
जेठ १८ गते काउले गाबिस बाट सुरु भएको कार्यक्रम चण्डीभन्ज्यांग, सिद्धि, शक्तिखोर, लोथर हुदै आज शक्तिखोरमा सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत ६ ओटा स्थानमा २०० जना पुरुषलाई तालिम प्रदान गरिएको थियो । कार्यक्रम अन्तर्गत चेपाङ्ग समुदायमा हुने लैंगिक बिधि, पुरुषप्रधान समाजको बास्तबिकता, महिला हिम्सा र यसका स्वरुप लगाएतका बिषय समेटिएको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।
अण्डेफको सहयोग र साप नेपालको साझेदारीमा डेक नेपाल द्वारा चितवनको काउले ,चण्डीभन्ज्यांग, सिद्धि, शक्तिखोर, कोराक र लोथरमा २ बर्षको लागी चेपाङ्ग महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु निरन्तर संचालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published.