शारिरीक तथा मानसिक ज्याजती विरुद्ध  कार्यक्रम

अनिल दराई
खैरहनी, जेठ २५ । बालबालिका उपर हुने शारिरीक तथा मानसिक ज्याजती विरुद्ध अभिभावकिय उद्वेधन कार्यक्रम आज पुर्वि चितवनको भण्डारामा सम्पन्न भएको छ । मुक्ति महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् महिला तथा बालबालिका कार्यलय भरतपुर र राप्ति नगरपालिकाको सहयोगमा सो कार्यक्रम गरिएको हो ।unnamed कार्यक्रममा राप्ति नगरपालिकाका कार्यलय अधिकृत भगिरथ रेग्मी प्रमुख अतिथी एवम् महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत महेश राज पौडेल विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यलय अधिकृत भगिरथ रेग्मीले अधिकांश बालबालिकाहरु अझै पनि आधारभुत अधिकारबाट बञ्चित भएको बताउनुभयो । उहाले बालबालिकालाई शारिरीक तथा मानसिक यातना दिने खालका कुनै कार्य नगर्न तथा छोरा , छोरी दुवैलाई समान माया दिन पनि आग्रह गर्नुभयो । यसैगरि महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत महेश राज पौडेले विद्यालयहरुमा अझै पनि विद्यार्थीहरुलाई विभिन्न नाममा सजाय हुने भन्दै सो कार्य रोकिनु पर्नेमा जोड दिएका थिए । उहाँले विद्यालयलाई सजाय रहित बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय अध्यक्ष पुष्पा केसी कुवँर, स्थानिय विद्यालयहरुका शिक्षक, शिक्षिका, अभिभावकहरु, विद्यार्थिहरुले बालअधिकार बारे मन्तव्य राखेका थिए । मुक्ति महिला बचत संस्था तथा ऋण सहकारी संस्थाकी देवकी सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति उप्रतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Promise Education Consultancy