कौशी खेती प्रवद्र्धन तालिम/ भान्साको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास

 
चितवन, २५ जेठ । वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत कौशी खेती प्रवद्र्धन गर्न दुई दिने तालिम सुरु भएको छ । भरतपुर उपमहानगरपालिकाको सहयोगमा दोभान सामुदायिक अध्ययन केन्द्र भरतपुर १० ले आयोजना गरेको तालिम मंगलबारदेखि सुरु भएको हो । बढ्दो सहरीकरणले तरकारी खेती गर्ने जमिन घट्दै गएका कारण व्यक्तिगत प्रयोजनका लागि कौशीमा तरकारी खेती गर्ने तालिम प्रदान गरिएको हो । घरमा चाहिने तरकारीको लागि आत्मनिर्भर बनाउने उद्देश्य स्वरुप कौशी खेती प्रवद्र्धन तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक महेश्वरी थापाले बताइन् । खेतबारीको बिकल्पमा कौशीको प्रयोग गर्दै तरकारी बालीमा आत्मनिर्भर बनाउनको लागि तालिमले सहयोग गर्ने भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले बताए । भान्छाबाट निस्कने जैविक फोहोरहरुलाई व्यवस्थापन गर्नको लागि समेत तामिलले सघाउ पु¥याउने बरालको भनाइ छ । भरतपुरलाई वातावरणमैत्री नगर बनाउन लागिपरहेको अवस्थामा कौशी खेती प्रवद्र्धन तालिम आवश्यक हुने बरालले बताए । चितवनमा अहिलेसम्म चार सय जनालाई व्यवसायिक कौशी खेती प्रवद्र्धन तालिम दिइसकिएको छ । महाकालेश्वर आमा समूह र दोभान सामुदायिक अध्ययन केन्द्रका नव साक्षर महिला तथा सहजकर्ता गरि करिब एक सय १० जनाको तालिममा सहभागिता रहनेछ । तीन समूह बनाएर प्रदान गरिने तालिम दुई दिनको रहेको छ । कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल, भरतपुर उपमहानगरपालिकाकी वातावरण विज्ञ सुशीला रेग्मी, दोमान सामुदायिक अध्ययन केन्द्रका सल्लाहका निलकण्ठ ढुंगाना, पूर्व अध्यक्ष बाबुराम दवाडी, महाकालेश्वर आमा समूहकी अध्यक्ष उमा सापकोटा लगायतले मन्तव्य राखेका थिए । दोभान सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जनकप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक महेश्वरी थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.