चितवनमा विचौलीया अप्रेशन तिव्र

राजेन्द्र आचार्य
चितवन, २५ जेठ । चितवन प्रहरीले जिल्लामा विचौलीया अप्रेशन अभियानलाई तिव्र पारेको छ ।
विशेष गरेर सरकारी कार्यालय, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सर्वसाधारणलाई विचौलीयाले हैरानीसगै दुःख दिन थाले पछि जिल्ला प्रहरी कार्यालय चितवनले विचौलीया अप्रेशन सुरु गरेको प्रहरी उपरिक्षक वसन्त कुवंरले बताए । Napi karaya chitwan
यसैविच अभियान अन्र्तगत चितवन प्रहरीको एक टोलीले नापी कार्यालय चितवन भित्र विचौलीया गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
नापी कार्यालयको फाट भित्र पसेर सर्वसाधारणलाई विचौली गरेको अवस्थामा यसराम महत्तो र हरि प्रसाद वाग्ले पक्राउ परेको उनले बताए ।
हामीले १ महिना यता अप्रेशन सुरु गरि विभिन्न निकायमा निगरानी राख्ने काम गरिरहेका थियौं–उनले भने । जनतालाई हैरान पर्ने र जनता लुट्ने गुनासाका आधारमा यो अप्रेशन जारी जारी रहेनेछ ।

पक्राउ परेका दुवैलाई विशेष सूचनाको आधारमा नापी कार्यालय चितवनको फाटबाटै पक्राउ गरि सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक कुवंरले सौराहा अनलाईनलाई बताए ।

यसअघि चितवनको क्यान्सर अस्पतालमा विचौलिया गर्ने २७ जना, जिल्ला प्रशासान कायाृलयबाट ३ जना र मालपोत कार्यालय चितवनबाट २ जनालाई चितवन प्रहरी पक्राउ गरि मुद्दा चालाएको थियो ।

Leave a Reply

Your email address will not be published.