एमाले रत्ननगरमा नेपाल पक्षका घिमिरे विजयी (यस्तो छ पुरा मत परिमाण) (निर्विरोध हुनेको नामावाली सहित )

चितवन, २४ जेठ । पूर्वी चितवनको नेकपा एमाले रत्ननगर नगर कमिटीको सोमवार सम्पन्ननिर्वाचनमा वद्रीनाथ घिमिरे अध्यक्षमा विजयी भएका भएका छन् । नगर कमिटिको सातौ अधिवेशन अन्र्तगत भएको निर्वाचनमा प्रत्यासी इश्वरी प्रसाद अर्याललाई पराजीत गर्दै घिमिरे विजयी भएका हुन् । विजयी घिमिरेले १०५ मत र अर्यालले ८६ मत प्राप्त गरेका थिए । 91dfd3b5-6543-4098-a39c-fb6a86dbb7c8

त्यसै गरी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ १११ मत प्राप्त विजयी भएका छन् । भने उनका प्रतिद्धन्द्धी इन्द्र भण्डारीले ७३ मत मात्रै प्राप्त गरे ।  त्यस्तै सचिव पदमा एञ्जिला कुँवरले ११० मत प्राप्त गरी विजयी भईन् ।

सचिवका प्रतिद्धन्दी राजेन्द्र प्रसाद न्यौपानले ७६ मत पाए ।   उपसचिवमा रामहरी अधिकारी १०० मतका साथ विजयी भए भने पराजीत कविता देवकोटाले ८१ मत प्राप्त गरेकी थिईन् ।  माधव नेपाल पक्ष मानिने प्यानलले पदाधिकारीमा एकलौटी विजयी हासिल गरेको छ भने सदस्यहरुमा ओली पक्षको पनि मिश्रित परिणाम आएको छ ।

नगर कमिटीको नयाँ नेतृत्व चयनका लागी  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मानिने घिमिरे र एमाले अध्यक्ष केपी निकट मानिएका अर्याल छुट्टै प्यानल वनाएर चुनावी मैदानमा होमिएका थिए ।

निर्वाचन प्रक्रियाबाट अन्य  खुल्ला पुरुष २ जना महिला ६ जना ,उत्पीडित एक जना,जनजाती एक जना ,भुगोल वडा नम्वर २ बाट एक जना र भुगोल वडा नम्वर १५ बाट एक जना निर्वाचित भए भने वाँकी सदस्यहरु निर्विरोध चयन भएका थिए ।  निर्वाचनबाट र निर्विरोधहरुमा चित्रवहादुर भण्डारी,दिलिप प्रसाद अधिकारी,सिता वुढाथोकी ,रमा ढकाल विजयी भएका छन् ।

त्यस्तै गरी कल्पना पौडेल,वालकुमारी अधिकारी,चन्द्रकला खनाल,विन्दु खड्का ,सिता भेटवाल,विष्णु भण्डारी कट्टेल पनि निर्वाचित भएका छन् । यस्तै ललिता विक,गोविन्द्रकृष्ण श्रेष्ठ,लक्ष्मी श्रेष्ठ,पुष्ष्राज जोशी,भरत शर्मा गौतम,शभ्मु भक्त थपलिया,ओमलाल, सापकोटा,नेत्र गिरी,राजेन्द्र चौधरी,राजेन्द्रकृष्ण शर्मा वजगाई,सुर्दशन आचार्य,शिवराज खनाल,कृष्ण श्रेष्ठ,ठुलो कान्छो श्रेष्ठ,भीम भुजेल,माधववावु कट्टेल,रामप्रसाद कट्टेल,नन्दवहादुर थापा मगर र गोकर्ण सिंखडा विजयी भएका छन् ।

त्यस्तै नवलकिशोर शाह  र कलिम अन्सारी पनि विजयी भएको निर्वाचन समितीका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए ।

निर्वाचित भएसगै घिमिरेले सौराहा अनलाईन प्रतिक्रिया दिदै जित आफ्नो मात्र नभई समग्र एमालेकर्मीहरुको भएको प्रतिक्रिया दिए । साथै उनले अबका दिनमा एमाले रत्ननगर सशक्त रुपमा अगाडी बढ्ने प्रतिक्रिया दिए । आईतवार रत्ननगरमा सुरु भएको सातौ अधिवेशन पुर्व प्रधानमन्त्री एवंम नेकपा एमालेका पुर्व अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेका थिए ।

(यस्तो छ पुरा मत परिमाण)

अध्यक्ष

बद्रीनाथ घिमिरे    १०५  मत बिजयी

इश्वरी प्रसाद अर्याल      ८६ मत

उपाध्यक्ष

इन्द्र भण्डारी    ७३ मत

हरिकुमार श्रेष्ठ    १११  मत बिजयी

सचिव

राजेन्द्रप्रसाद न्यौपाने    ७६ मत

एन्जिला कुवर     ११०   मत बिजयी

उप सचिव

कविता देवकोटा      ८१ मत

रामहरि अधिकारी     १००   मत बिजयी

पुरुष (खुल्ला )

चित्रबहादुर भण्डारी   ७३   मत बिजयी

रामनाथ चौधरी   ४३ मत

रामकृष्ण खड्का   ९ मत

दिलिप प्रसाद अधिकारी   ५१ मत   बिजयी

हेमलाल तिवारी   ३८ मत

प्रदिप अधिकारी   ३८ मत

महिला( ६)

कल्पना पौडेल   १०५  मत  बिजयी

बालकुमारी अधिकारी   ९१ मत   बिजयी

चन्द्रकला खनाल  १०२  मत  बिजयी

विन्दु खड्का   १०१ मत   बिजयी

सीता भेटवाल  ९४ मत    बिजयी

सविता चौधरी  ७६ मत

लक्ष्मी हिताङ   ७२ मत

पुर्णादेवि पुडासैनी  ६० मत

सरस्वती दुलाल  ६७ मत

विष्णु भण्डारी कट्टेल   ९५  मत    बिजयी

सीता लामिछाने  ९० मत

उत्पीडित

ललिता वि क    ८१  मत  बिजयी

ज्ञानमणि वि.क   ७७ मत

जनजाति (१)

गोविन्दकृष्ण श्रेष्ठ   ८१ मत     बिजयी

बलराम चौधरी   ७८ मत

निर्विरोध हुनेहरुमा
निम भूजेल
पुष्पराज जोशी
माधवबाबु कट्ले
गोर्कण सिंखडा
नेत्र गिरी
ओमलाल सापकोटा,
सुर्दशन आचार्य
राजेन्द्रकृष्ण शर्मा बजगाई
रामप्रसाद कट्ेल
राजेन्द्र आचार्य
ठूलोकान्छा तामा
शिवराज खनाल
लक्ष्मी श्रेष्ठ
नवल किशोर शाह
अलिम अन्सारी