प्रेस युनियनद्धारा तीन घुम्तीको च्यारीटी शो

चितवन, २४ जेठ । नेपाल प्रेस युनियन चितवन शाखाको भवन निर्माण सहयोगार्थ प्रसिद्ध उपन्यासमा आधारित चलचित्र तीन घुम्तीको आज यहाँ च्यारीटी शो गरिएको छ । विपी कोईरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित चलचित्र च्यारिटी शोबाट संकलित रकम युनियनको भवन निर्माणमा खर्च गरिने भएको छ ।Teen Ghumti - B.P.K.
नारीप्रधान उपन्यास तीन घुम्ति विपि कोईरालाले सुन्दरीजल जेलमा लेख्नु भएको हो । सोही उपन्यासलाई जननायक वीपी कोईराला स्मृति ट्रष्टले चलचित्र बनाएको हो । बाबुराम ढकालले निर्देशन गर्नुभएको चलचित्रमा गरिमा पन्त, ध्रुव दत्त, सुसान्त कार्की, भुवन चन्द, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ लगाएतको भूमिका रहेको छ ।
तीन घुम्तीमा नारीको जीवनसँगै विद्रोह र प्रेमको चित्रण गरिएको चलचित्र असार १७ गते देशभर प्रर्दशनको तयारीमा रहेको छ ।
चलचित्र हेर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, नेपाल प्रेस युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक आचार्य, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जननायक वीपी कोईराला स्मृति ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुली, सांसद गीता वाग्ले, अञ्जनी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, पत्रकार महासंघ चितवनका सभापति हरि पोखरेललगायत उद्योगी, व्यवसायी, राजनीतिक दलका जिल्लास्थित नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।
वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले प्रदान गर्नुभएको जग्गामा भरतपुर उपमहानगरपालिका वडा नं. ११ बसेनीमा निर्माण भईरहेको नेपाल प्रेस युनियन चितवनको भवनको सहयोगका लागि च्यारिटी शो गरिएको संयोजक अनिल ढकालले बताउनुभयो । च्यारिटी शोको टिकट संकलन भईरहेकाले एकिन तथ्यांक आईनसकेपनि करिब सात लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको युनियनका उपाध्यक्ष पूर्ण शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.