नारायणगढ राउण्ड टेबलको सहयोग

चितवन, २४ जेठ । शिक्षा क्षेत्रमा काम गर्दै आएको नारायणगढ राउन्ड टेबल १४ ले माडीको विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
माडीको कल्याणपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणको लागि नारायगढ राउन्ड टेबलले आर्थिक सहयोग गरेको हो । राउन्ड टेबलका सदस्यहरुले विभिन्न च्यारिटी शोहरु गरेर संकलन गरेको एक लाख ५० हजार रुपैयाँ विद्यालय भवन निर्माणको लागि सोमबार सहयोग गरेको संस्थाका कोषाध्यक्ष नितेश महेश्वरीले जानकारी दिए ।
IMG-20160606-WA0014

विद्यालयको आर्थिक स्रोत कमजोर भएका कारण उक्त विद्यालयलाई सहयोग गरिएको महेश्वरीले जानकारी दिए । यस अगाडि पनि नारायणगढ राउन्ड टेबलले उक्त विद्यालयलाई पाँच थान कम्प्युटर प्रदान गरेको थियो ।

IMG-20160606-WA0011

त्यसैगरी, जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्ने छ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई राउन्ड टेबलले १० कक्षासम्मको पढाई खर्च व्यहोर्ने समेत घोषणा गरेको छ । कक्षा १ मा पढ्ने एक जना, कक्षा ३ मा पढ्ने एक जना, कक्षा ५ मा पढ्ने दुई जना र कक्षा ८ मा पढ्ने दुई जना विद्यार्थीलाई एसएलसीसम्मको खर्च व्यहोर्ने नारायणगढ राउन्ड टेबलका अध्यक्ष प्रेम राठीले बताए । विद्यार्थीहरुको विद्यालय पोशाकदेखि स्टेशनरी लगायत विद्यालयमा बुझाउने सम्पूर्ण खर्च आफूहरुले प्रदान गर्ने राठीले बताएका हुन् ।
रकम हस्तान्तरण तथा छात्रवृत्ति प्रदान कार्यक्रममा नारायणगढ राउन्ड टेबलका अध्यक्ष प्रेम राठी, उपाध्यक्ष पंकज अग्रवाल, कोषाध्यक्ष नितेश महेश्वरी, सचिव विकास वर्मा, सदस्य मनिस पोदार र पूर्व अध्यक्ष कपिलसागर कर्माचार्यको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.