न्यू स्पिडीमा निशुल्क स्वास्थ्य शिविर

चितवन, २४ जेठ । पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू स्पिडी आमावि रत्ननगर–८ कृष्णमन्दिरमा सञ्चालित निशुल्क स्वास्थ्य परिक्षण शिविरबाट ७ सय २ जना लाभान्वित भएका छन् ।dr shakar dr saaa fffggdr shakar dr saaa fffgg

विद्यालयको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत जुरेस न्यू स्पिडी आमाविको आयोजनामा आयोजित शिविरमा ५ सय ३० जना विद्यार्थी र १ सय ७२ जना अभिभावकहरु लाभान्वित भएको विद्यालयका अध्यक्ष डिल्लीराम पोख्रेरलले जानकारी दिए ।

सो अवसरमा कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का बरिष्ठ मुटु रोग विशेषज्ञ डा. शंकर लौडारी, डा. प्रदिपजंग केसी, डा. कृष्टिना श्रेष्ठ, डा.मेकलिना श्रेष्ठले मुटु, मघुमेह, उच्च रक्तचाप परिक्षण गरेका थिए ।

पुरानो मेडिकल कलेज, चितवन एभरेष्ट अस्पताल प्रा.लि, नेपाल हृदयरोग प्रतिष्ठान र ओकआर्ट नेपालको सहयोग रहको शिविरमा केहि बालबालबालिको मुटुमासमस्या देखिएको उपचारमा संलग्न डा.शंकर लौडारीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिप्रकाश खतिवडाको अध्यक्षता सम्पन्न शिविरमा जिल्ला शिक्षा कार्यालय चितवनका श्रोत व्यक्ति बोमप्रसाद अर्याल प्रमुख अतिथि रहेका थिए ।

भने कार्यक्रममा विद्यालयका प्राचार्य अर्जुन बहादुर थापा, सह–प्राचार्य शिवप्रसाद उप्रेती, प्याब्सन चितवनका कोषाध्यक्ष गिरीराज केसी कंडेल, शिक्षिका रमा अधिकारी, कृष्णप्रसाद घिमिरे, भोजराज लामिछाने लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.