मैयाँदेवी कन्या कलेज अध्यक्षमा टंकनाथ पौडेल

 

चितवन, २४ जेठ । मैयाँदेवी कन्या कलेज भरतपुरको सञ्चालक समिति अध्यक्षमा टंकनाथ पौडेल नियुक्त भएका छन् । लामो समयदेखि क्याम्पसको सञ्चालक समितिमा विभिन्न भूमिकामा रहेका पौडेलले त्रिभुवन विश्वविद्यालयले सञ्चालक समिति अध्यक्ष नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयको जेठ १७ गतेको निर्णयअनुसार सञ्चालक समिति अध्यक्षको नियुक्ति पाएको पौडेलले जानकारी दिए । उनी यसअघिको सञ्चालक समितिमा लेखा, छात्रवृत्ति तथा नर्सिङ कार्यक्रम संयोजक थिए ।Tankanath-Paudel
सञ्चालक समिति १९ सदस्यीय हुने प्रावधान छ ।
सञ्चालक अध्यक्ष नियुक्त भएपछि पौडेलले क्याम्पसलाई थप उचाइ दिनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । “महिला सशक्तीकरणका लागि आमा मैयाँदेवी श्रेष्ठ ले क्याम्पस स्थापना गर्नुभयो”, उनले भने, “अब मेरो लक्ष्य भनेको गुणस्तरीय शिक्षामा थप उचाइ दिनु हो ।”
हाल क्याम्पसमा शिक्षाशास्त्र र वाणिज्यशास्त्रको स्नातकोत्तरसम्म पढाइ हुने गरेको छ भने मानविकीको स्नातकसम्म र नर्सिङ कार्यक्रमको प्रविणता प्रमाणपत्र तह सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.