धानवालीको अनुगमन

चितवन, २४ जेठ । पुर्वी चितवनको धानवालीमा देखिएको रोगको अवस्थाबारे सोमवार सरोकारवालाको एक टोलीले अनुगमन गरेको छ । पाक्ने वेलामा धानमा विभिन्न रोग लागेर नष्ट भएपछि जिल्ला कृषि विकास कार्यालय भरतपुर र पत्रकारसहितको टोलीले अनुगमन गरेको हो ।HR1_1

पुर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकामा लगाईएको धानमा वढि रोग देखिएको र रत्ननगरको केही मात्रामा मात्रै रोगको सक्रमण रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।

उनका अनुसार पाक्न लागेको धानखेतीमा अहिले नेक व्लास्ट नामक रोगको सक्रमण देखिएको छ । चितवनमा लगाईएको कुल धानखेती मध्ये करिव २५ प्रतिशतमा सो रोगको सक्रमण देखिएको घिमिरेले वताए ।

चितवनमा यो वर्ष ३ हजार २ सय हेक्टर जग्गामा चैते धान लगाईएको छ । जिल्ला कृषि विकास कार्यालय भरतपुरका प्रमुख घिमिरे,वाली विकास अधिकृत सुदिप रेग्मी,वागवानी विकास अधिकृत शिवराज पौडेल,आईपिएम पुर्व जिल्ला अध्यक्ष धर्मराज कडेंल,सहित पत्रकार सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.