मानव र वन्यजन्तुबीचको असमझदारी न्युनिकरणमा संचार माध्यमको भुमिका महत्वपुर्ण रहने

चितवन, २४ जेठ । मानव र वन्यजन्तुबीचको असमझदारी न्युनिकरणमा संचार माध्यमको भुमिका महत्वपुर्ण रहने सरोकारवालाहरुले वताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले असमझदारी नियन्त्रणका लागी सचेतना फैलाउन संचार माध्यम महत्वपुर्ण रहने वताए ।

कार्यक्रममा चितवनराष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंल र पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले संरक्षणको माध्यमबाटै मानव र वन्यजन्तुबीचको असमझदारी न्युनिकरण हुने हुँदा त्यसमा संचार माध्यमले भुमिका खेल्न सक्ने वताए ।

वन र वन्यजन्तु संरक्षण गर्दा हुने फाईदाका बारे आम मानिसमा वुझाउन सके असमझदारी हट्ने उनीहरुको भनाई थियो । कार्यक्रममा केन्द्रका संरक्षण अधिकृत शशांक पौडेलले संरक्षण र संचार माध्यमको सम्वन्ध,वन्यजन्तु सम्वन्धी रिपोटिङ गर्दा ध्यान दिनु पर्ने कुरा,केन्द्रका सन्तोष भट्टराईले मानव वन्यजन्तु असमझदारी न्युनिकरणमा संचार माध्यमको भुमिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

चितवन,मकवानपुर,बारा,पर्सा र नवलपरासीका पत्रकारहरु सहभागी सो कार्यक्रममा तराई भुपरीधी कार्यक्रम तालका रमेश यादव,कोषका प्रमुख चिरञ्जिवी पोखरेल,जिल्ला वन कार्यालयका वन अधिकृत गणेश राय लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.