गौरीगञ्जका ९ जुवाडेलाई जुवा ऐन अन्र्तगत मुद्दा

चितवन ,जेठ २४ । चितवनको भरतपुर ९ गौरीगञ्जबाट जवाको खालबाट ९ जना जुवाडेलाई परेका छन् । चितवन प्रहरीले जारी राखेको जुवातास नियन्त्रण अभियान अन्र्तगत ९ जना जुवाडेलाई आतबार चितवन प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार जानकारी दिएको छ । चितवन प्रहरीबाट खसटएको एक टोलीले विशेष सूचनाको आधारमा ९ जना जुवाडेसहित नगद ४२ हजार रुपैया सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख वसन्त बहादुर कुवरले जानकारी दिए ।tas
पछिल्लो समयमा चितवनमा व्यवसायिक रुपमा तास खेल्ने क्रम बढेपछि जुवातास नियन्त्रयण अभियान जारी राखेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख कुवंर पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाईएको बताए । चितवनमा प्रहरीमा कुवंर आएपछि यस अभियान चितवन प्रहरीले विजशेष अभियानका रुपमा राख्दै काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.