नेविसंघ प्रदेश नं ४ स्तरीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

दयाराम आचार्य
नवलपरासी,जेठ २३ । नेविसंघ केन्द्रिय समिति को आयोजना र नेविसंघ नवलपरासी को व्यवस्थापन मा जेठ २२ गते बाट नवलपरासी को गैंडाकोट मा शुरु भएको प्रदेश नं ४ स्तरीय प्रशिक्षक प्रशिक्षण आज सम्प्न्न भएको छ ।NABASAGA

प्रदेश नं ४ अन्तर्गत का ११ जिल्ला बाट आएका १८० जना प्रशिक्षार्थीहरुलाई नेविसंघ को आगामी महाधिवेशन मा प्रस्तुत गरिने नीति तथा कार्यक्रम , प्रादेशिक संरचना अनुरुप को नेविसंघ को बिधान , नेपाली काङ्ग्रेस को १३ औ महाधिवेशनबाट पारित निति तथा कार्यक्रम एव शैक्षिक र बिबिध राष्ट्रिय मुद्दा का विषय मा काङ्ग्रेस केन्द्रिय सदस्यहरु धनराज गुरुङ बद्री पाण्डे कल्याण गुरुङ र नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञावालिले प्रशिक्षण दिनु भएको थियो ।

आज सम्पन्न समापन समारोह मा प्रमुख अथिती काङ्ग्रेस केन्द्रिय सदस्य बद्री पाण्डे ले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाली काङ्ग्रेस को नेतृत्व मा जारी संबिधान को कार्यान्वयन मा विधार्थीहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।

समापन समारोह मा नेविसंघ केन्द्रिय अध्यक्ष रन्जित कर्ण काङ्ग्रेस नवलपरासी का सभापति विष्णु लामिछाने काङ्ग्रेस चितवन् सभापति जितनारायण श्रेष्ठ लगाएतकाले सहभागी हरुलाई शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम को सभापतित्व कार्यक्रम संयोजक एव नेविसंघ केन्द्रिय सदस्य गोकुल सापकोटा र संन्चालन नेविसंघ नवलपरासी का सभापति राजेस पौडेल ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.