रत्ननगरमा दिउसै ढोका फुटाएर १० तोला सुन चोरी

चितवन, जेठ २३ । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित एक घरबाट आज दिउसै गरगहना र नगद चोरी भएको छ । अपराहन्न १२ बजे रत्ननगर ९ घेघौलीका राजेन्द्र न्यौपानेको घरबाट १० तोला सुन,डेढ लाख नगद र एउटा डिजिटल क्यामरा चोरी भएको हो ।

stolen-chorघरमा कोही नभएको मौका छोपी घरको ढोका फुटाएर चोरले गरगहना लगेको प्रहरीले जनाएको छ । तीन वटा ढोका फुटाएर भित्र पसेको चोरले कोठामा रहेको दराज फुटाएर गरगहना र नगद लिएर गएको थियो ।

न्यौपाने व्यक्तिगत कामको लागि बाहिर गएको र उनकी श्रीमति राधाकुमारी स्कुल भएको मौका छोपी चोर घरमा पसेको थियो ।

चोरको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

दिउसै घरमा पसेर ठुलो धनरासीका गरगहना चोरी भएपछि रत्ननगरको सुरक्षा व्यवस्थालाई नगरवासीले चासोको रुपमा लिएका छन ।

Leave a Reply

Your email address will not be published.