नारायणी नगरपालिकमा बजार सरसफाई

चितवन, जेठ २३ । विश्व वातावरण दिवसको अवसर पारेर नारायणी नगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार चौथो दिन बजार सरसफाई गरिएको छ ।
नारायणी नगरपालिका वडा नम्बर ३ मा पर्ने पर्साढापमा सरसफाई गरिएको हो । सरसफाईका क्रममा नगर क्षेत्रबाट चाउचाउ, बिस्कुटलगायतका प्लाष्टिकका खोलहरु, कुहिन तथा नकुहीने संकलन गरिएको थियो ।
पर्साढापमा रहेको बैंकचोकदेखि तेलौली बजारसम्मको करिब एक किलोमिटर क्षेत्रफलबाट २० बोरा भन्दा बढी फोहोर संकलन गरिएको नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेले बताए ।
उक्त सरसफाई कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले नगरपालिकालाई आगामी २०७५ सालभित्र वातावरण मैत्री बनाउन काम सुरु गरिएकाले सबै समुदायले सहयोग गर्नुपर्ने बताए ।
सरसफाई कार्यक्रममा विद्यार्थी, इको पार्क, क्लिनिक नेपाल, फ्रिप्याड, बजार व्यवस्थापन समिति, वडा नागरिक मञ्च, टोल सुधार समितिलगायतका अध्यक्षहरु र नगरबासी गरि करिब एक सय ५० जना सहभागी रहेका थिए । मेघौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका वातावरणविद् सारदा पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् ।