लागु औषध सहित एकजना पक्राउ

दयाराम आचार्य
नवलपरासी,जेठ २३ । ईलाका प्रहरी कार्यलय नवलपुरले लागु औषध सहीत एक जनालाई पक्राउ गरेको छ ।
बिषेश सुराकीको आधारमा प्रहरीले नवलपरासी कुस्मा ६ का राजेश चौधरीलाई लागु औषध सहित पक्राउ गरेको श्रँेतले जनाएको छ ।
चौधरीको साथबाट कोरेक्स ६ बोतल र स्पास्मो १ सय ४४ क्यापुसल बरामद गरीएको जनाईएको छ ।laguahusad

चौधरीले लु २५ प ६८ ९४ नम्बरको अजित चौधरीको नाममा बिलबुक रहेको मोटरसाईकलमा लागु औषध ओषार पसार गर्न लागेको भन्ने सुराकीको आधारमा कावासोतीको खरकट्टा ज¨लबाट पक्राउ गरीएको श्रोतले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई ईलाका प्रहरीकार्यल नवलपुरमा राखिएको र थप अनुसन्धान गरीरहेको जनाईएको छ

Leave a Reply

Your email address will not be published.