१ सय १० जनाले गरे रक्तदान

अनिल दराई
खैरहनी , जेठ २३ ।  चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्यनजर गर्दै पुर्वि चितवनको पर्सा बजारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चितवन अटो मोबाईल्स एशोसिएसन , अटो मोबाईल्स बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा मेगा पोलिक्लिनिक पर्साको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा १० जना महिला सहित १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपमणी पाठक सन्तोसले जानकारी दिनुभयो ।

blood
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कार्यकारी सदस्य दिपमणी पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चितवन अटो मोबाईल्सका द्धितिय उपाध्यक्ष कृष्ण प्रसाद काफ्ले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष ज्ञानुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.