सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त संरक्षण अपरेशन सुरु

राजेन्द्र आचार्य

चितवन, २३ जेठ । नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जले आइतबारदेखि संयुक्त संरक्षण अपरेशन सुरु गरेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि गतिविधि सञ्चालन गर्न श्रीजंग गण र चितवन राष्ट्रिय निकुञ्ज मुख्यालयले संयुक्त संरक्षण अपरेशन कक्ष स्थापना गरेका छन् ।opertation 2

सो कक्षको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आइतबार उदघाटन गरे । श्रीजंग गणको २ सय ३३ औं वार्षिकउत्सव र विश्व वातावरण दिवसको अवसर पारेर कक्षको उदघाटन गरिएको हो ।

संयुक्त संरक्षण अपरेशन कक्षमा निकुञ्ज र नेपाली सेनाका ५ जना कर्मचारीहरुलाई लगातार एक हप्तासम्म खटाइन्छ । एक हप्तापछि पाँच जनाको अर्को टोली खटाइन्छ ।

अपरेशन कक्ष उदघाटन गर्दै प्रधानसेनापति क्षेत्रीले सरकारी कर्मचारीहरुसँग मिलेर पहिलोपटक वन र वन्यजन्तुको संरक्षणका लागि नेपाली सेनाले यस्तो कामको सुरुवात गरिएको भन्दै उच्च मनोबलका साथ काममा खटिन निर्देशन दिए ।

चोरी शिकारी नियन्त्रणसँगै निकुन्ज र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन संयुक्त संरक्षण अपरेशन सुरु गरेको निकुन्जका मुख्य संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । ‘रियल टाइम बेस’का आधारमा कक्षबाट अपरेशन सुरु हुने उनले बताए ।

सीसी टिभी क्यामरा, ड्रोन गस्ती, मोटरसाइकल गस्ती लगायतका काम संयुक्तरुपमा एउटै कक्षबाट थप प्रभावकारी रुपमा गराइने श्रीजंग गणका गणपती माधव थापाले जानकारी दिए ।opertation

उनले भने, ‘हामीले संरक्षणका लागि बिभिन्न गस्ती र पेट्रोलिङ गरेका थियौं । जुन निकुन्ज र सेनाको छुट्टा छुट्टै थियो । संयुक्तरुपमा गर्दा थप प्रभावकारी हुने देखेर संयुक्तरुपमा गरेका हौं ।’

यसका अतिरिक्त नेपाली सेनाको महाहन्ट अपरेशन पनि जारी राखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको संरक्षणका लागि नेपाली सेनाको ४१ वटा निकुन्जको ३६ वटा पोष्ट छन् । नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षसम्म लगातार शून्य चोरी शिकार वर्ष मनाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published.