यसरी मनाईयो शुन्य चोरी शिकार बर्ष

राजेन्द्र आचार्य
चितवन, २३ जेठ । लगातार रुपमा दुई पटक शुन्य चोरी शिकारी बर्ष भएको उपलक्ष्यमा चितवन राष्ट्रिय निकुञ्जमा विशेष कार्यक्रम गरि मनाईएको छ ।
२ ईन्टु ३ सय ६५ दिन प्लस भएको उपलक्ष्यमा निकुञ्ज र वन वन्यजन्तु सुरक्षार्थ खटिएको नेपाली सेनामको श्री श्रीजंग गणले संयुक्त रुपमा निकुञ्ज मुख्यालयमा विशेष कार्यक्रम गरि मनाएको हो ।
विश्व वातावरण दिवस र श्री श्रीजंग गणको २ सय ३३ औ बार्षिकोत्सवको अवसर पारेर शुन्य चोरी शिकार भएको १ एक महिना २० दिन पछि शुन्य चोरी शिकार बर्ष मनाएको हो ।
२०७१ वैशाख २० गते देखि ०७३ साल बैशाख २० सम्म आइपुग्दा निकुञ्जमा दुर्लभ एक सिँगे गैँडा, बाघ लगायत कुनै पनि जङ्गली जनावर चोर शिकारीका कारण नमारिएकाले दुई बर्ष शुन्य चोरी शिकार बर्ष भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलले बताए ।
शुन्य चोरी शिकार बर्षको एक भव्य समारोहका विच नेपाल सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्धघाटन गरेका थिए ।
प्रकृति संरक्षणमा शुन्य चोरी शिकार बर्ष उद्दाहरणीय
नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लगातार शुनय चोरी शिकार बर्ष चितवन निकुञ्जले मनाउन पाउनु विश्वको लागि उद्दाहरणीय भएको बताएका छन् । चौथो पटक र लगातर दुई बर्ष शुन्य चोरी शिकार बर्ष मनाउनु ठूलो उपलब्धी हो–उनले भने । संरक्षणमुखी अथक प्रयास, सहकार्य र साझेदारीबाट आएको उपलब्धी विश्वको लागि नै उद्दाहरणीय छ ।
अब नविन सोच, व्यवहारिक सहकार्य गरि परिमाणमुखी काम गर्दै दिगो संरक्षणका लागि सबै क्षेत्र एकजुट हुनुपर्नेमा समेत उनले जोड दिए ।
प्रकृति संरक्षणका लागि नेपाल सेना ४ दशकदेखि सक्रिय बनेको भन्दै सेनापति क्षेत्रीले स्थानिय समुदायसगं संस्थागत बन्दै देशैभरका सेना र फौज प्रकृति संरक्षणका लागि थप सक्रिय बन्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सेनाले अब डिजिटल प्रविधिको उच्चतम प्रयोग गरि काम गर्न निर्देशन दिदै उनले भर्खर मात्रै मकालु बरुण र ढोरपाटनमा गएका सेनाले चितवनमा सेनाले पाएको सफलताको अनुसरण गर्नुपर्ने बताए ।
यस्तै सोही अवसरमा बोल्दै राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. महेश्वर ढकालले शुन्य चोरी शिकार बर्षले चितवनको महिमा अन्तराष्टिय स्तरमा नै पहिचान बनेको बताए । गैडासगै बाघ र अन्य जन्तुहरुको समेत शुुन्य चोरी शिकार बर्ष मनाउने वेला आएको भन्दै शिकार मात्रै नभई जनावरहरुको स्वास्थ्यमा समेत ध्यान दिन संरक्षणकर्मीहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रमलाई नै सम्बोधन गर्दै जेडएसएलका नेपाल प्रतिनिधि डा.हेमसागर बरालले अफ्रिकामा हजारौं गैडा मारिरहेका वेलामा नेपालमा जिरो पोचिङ बनाउनु विश्वको लागि ठूलो उपलब्धी भएको बताए । यस्तै सोही अवसरमा बोल्दै डब्लुडब्लुएफका प्रतिनिधि घनश्याम गुरुङले नेपालको यो सफलताले डब्लुडब्लुएफलाई समेत गौरव बढाएको बताए ।
यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक गंगाजंग थापाले स्थानिय समुदायसगं साझेदारीमा गरिएको प्रयास र उपलब्धी सबैका लागि नुमना भएकोमा खुसी व्यक्त गरे । यसैगरि कार्यक्रममा बोल्दै निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले समुदायलाई अग्रसर गराएकै कारण दिगो संरक्षण प्रभावकारी बनेको जिकिर गरे । उनले संरक्षणमा स्थानियको थप अग्रसरका लागि राहत निर्देशीका सरल बनाउन सरकारसगं माग पनि गरे ।
यादवलाई लाईभ टाईम अवार्ड
दुई गणपति सहित संरक्षणकर्मीलाई संरक्षण पुरस्कार
समारोहकै अवसरमा वन्यजन्तु संरक्षणका विगत ५ दशक देखि सक्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रति यादवलाई लाईभ टाईम संरक्षण अवार्ड प्रदान गरिएको छ । भने शुन्य चोरी शिकार बनाउन सक्रिय निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत कमलजंग कुवंर, हालका प्रमुख रामचन्द्र कडेल, श्रीजंग गणका तत्कालिन गणपति संजय देउजा, हालका गणपति माधव थापा सहित बछौली उपभोक्त समितिका बाबुराम पुरी, लोथर उपभोक्त समितिका राजकुमार भटट्, समुदायमा आधारित चोरी शिकार नियन्त्रयण युवा जागरण उपसमिति पटिहानीका बासुदेव सापकोटालाई सेनापति क्षेत्रीले प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।
यस अघि एकै बर्ष ३७ वटा मरे
निकुञ्जको तथ्याङ्कअनुसार चोरी सिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८र५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९र६० मा ३२ वटा गैँडा मारिएका थिए । कालगतिले मर्नेमा सबैभन्दा बढी आर्थिक वर्ष २०५५र५६ मा २३ वटा रहेका छन् ।
२०६९ मा आठ वटा, २०७० मा नौ वटा, २०७१ मा सात र २०७२ मा १० गैँडा मरेकोमा १र१ वटा तस्करले मारेका थिए ।
निकुञ्जको निगरानीमा कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनासँगै नेपाल प्रहरी र उसको अपराध अनुसन्धान ब्युरोसमेत सशक्त रुपमा लागे पनि सेनाको गस्ती र पोट्रोलिङ्गसगै स्थानियको सक्रियता नै बढी प्रभावकारी बनेको कडँलले बताए ।
यस्तै लगातार रुपमा शुन्य चोरी शिकार बर्ष मनाउन पाउदा आफुहरु निकै उत्साहित बनेको निकुञ्ज सुरक्षार्थ खटिएको श्री जगंगणका गणपति प्रमुख सेनानी माधव थापाले बताए । यस अघि निकुञ्जले शुन्य चोरीशिकारी बर्ष मनाएको २० दिन पनि नबित्दै निकुञ्ज मुख्यालय कसरा नजिक एक गैडा तस्करले मारेका थिए । रातिको समयमा गोली हानी गैडा मारि बञ्चरो प्रयोग गरी खाग समेत काटेर तस्करले नै लगेका थिए ।