हाम्रो मझेरीकोले स्रष्ठालाई सम्मान ग¥यो

चितवन, २२ जेठ । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न साहित्यकारहरुलाई सम्मान गर्नुका साथै कृति बिमोचन गरेको छ ।
शनिबार भरतपुरमा एक विशेष कार्यक्रमको आयोजना गरि विभिन्न जिल्लामा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउन सफल साहित्यकारहरुलाई कवि एवम् साहित्यकार डा.नबराज लम्सालले नगदसहित सम्मान गरेका हुन् । साथै सोही अवसरमा देशभरका गजलकारहरुको संयुक्त गजलसंग्रह हैसियत–३, कमल आचार्यको तिमी आएपछि, सानु शितलको जून फूलको रात गजलसंग्रह र हाम्रो मझेरी साहित्यिक पत्रिकाको कार्यक्रमका प्रमुख अतिथि डा.लम्सालले एकैसाथ बिमोचन गरेका हुन् ।
साहित्यकार प्रभाकर पण्डितले स्वागत मन्तव्य राखेको सो कार्यक्रम हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबीच, चितवनका पत्रकार नारायण ढुंगानालाई समेत कार्यक्रममा सम्मान गरिएको छ । कलम मार्फत साहित्यको क्षेत्रमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेलेका भन्दै प्रतिषठनले ढुंगानालाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published.