सहकारी व्यवस्थापन तालिम सकियो

चितवन, २२ जेठ । गणेशथान बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ को आयोजनामा शुक्रबारदेखि सुरु भएको २ दिने सहकारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । संस्थाका सदस्यहरुलाई सहकारी व्यवस्थापन तथा लेखा सम्बन्धि जानकारी दिन तालिम आयोजना गरिएको हो ।
गणेशथान मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितीको कार्यालयमा संचालित तालिममा संस्थाका विभिन्न समितीका ३० जना सदस्यहरु सहभागि रहेका थिए । तालिम समापन कार्यक्रममा सहभागिहरुले तालिम फलदायी भएको र सहकारी सम्बन्धि मुलभुत कुराहरु जान्न पाएको भन्दै खुशी व्यक्त गरेका छन् । समापन कार्यक्रममा रामकृष्ण धमेल, गम्भिरा अधिकारी , भोजराज देवकोटा, मनिता सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
तालिममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय चितवनका प्रमुख प्राचार्य भिम प्र.तिवारी, सहकारी निरीक्षक रामबाबु पौडेल तथा रिसीराम भुसालले प्रशिक्षण दिएका थिए । कार्यक्रम संस्थाका शिक्षा समिती संयोजक कुलचन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.