दुई दिने कृषि तालिम सुरु

रत्ननगर, २१ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका – ६, गुराउचौरमा २ दिने कृषि तालिम शुक्रबारदेखि सुरु भएको छ ।

जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लि. को आयोजना र कालिका नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा संस्थामा आवद्ध साविक जुटपानी गा.वि.स.मा रहेका ६५ वटा समूहका प्रतिनिधिहरुको सहभागी रहेको छ । २ दिने कृषि तालिममा व्यवसायिक बेमौसमी तरकारी खेती, उन्नत घाँसेबाली उत्पादन, किटनाशक औषधी र मलखाद प्रयोग विधिका बारेमा किसानहरुलाई जानकारी गराइने छ । तालिममा हरि प्रसाद सुवेदी, विष्णु चापागार्इँ र गोविन्दमान श्रेष्ठले सहजीकरण गरेका छन् ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उदयपुर सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष केशव लामा, नेपाली काँग्रेस कालिका नगर सभापति राजु श्रेष्ठ, माओवादी केन्द्रका प्रतिनिधि कृष्ण प्रसाद घिमिरे, संस्थाका उपाध्यक्ष सुदर्शन अधिकारी, सचिव पासाङ थिङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष दिपक लामिछानेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.