रजत जयन्तीमा असहायलाई आर्थिक सहयोग

चितवन, २१ । नारी अभ्युदय केन्द्र नारायणगढले केन्द्रको रजत जयन्तीको अवसरमा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
वक्तृत्वकला प्रतियोगितामा चितवनका विभिन्न २५ वटा माध्यमिक विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा स्मल हेभन मोडल स्कृलकी पलक क्षेत्री पहिलो, लक्ष्मी उच्च माध्यमिक विद्यालयकी मोनिका कंडेल दोस्रो, समता शिक्षा सददकी सोनिया कुँवर तेस्रो तथा सरदपुर माध्यमिक विद्यालयकी दिजा धमला सान्त्वना भएका छन् । प्रतियोगितामा विजेता भएका छात्राहरुलाई मायाको चिनो र प्रशास पत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम मार्फत गरिब तथा असहाय महिलाहरुलाई नारी अभ्युदय केन्द्रले २५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।
त्यस्तै, केन्द्रले रामपुर क्याम्पसको डिनमा नियुक्त भएकी डाक्टर सारदा थपलियालाई जेठ २२ गते सम्मान गर्ने नारी अभ्युदय केन्द्रकी अध्यक्ष मनकुमारी सेनले बताइन् । कार्यक्रम अध्यक्ष मनकुमारी सेनको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.