वातावरण दिवसमा वक्तृत्वकला

चितवन, २१ जेठ । विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
भरतपुर उपमहानगरपालिकाको आयोजना तथा नेपाल मैत्री समाज र ग्रीन लियो क्लबको संयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा स्काइराइडर आवासीय माविकी स्मृति वन पहिलो हुँदै तीन हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेकी छिन् । प्रतियोगितामा लिटिल हेभनकी सुस्मीता काफ्ले दोस्रो हुँदै दुई हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेकी छिन् ।
त्यसैगरी, प्रतियोगितामा तेस्रो हुने वाल्मीकि शिक्षा सदनका स्वेजल काफ्लेले एक हजार रुपैयाँ सहित ट्रफी तथा सान्त्वना भएका हिमालयन आवासीय माविका मुमिन गिरी र न्यू स्पीडि आवासीय माविका शशी अधिकारीले पाँच रुपैयाँ सहित ट्रफी प्राप्त गरेका छन् । वक्तृत्वकला प्रतियोगितामा १६ विद्यालयका २६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
चितवन ग्रीन लियो क्लबका अध्यक्ष पुस्कर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मैत्री समाजका अध्यक्ष वीरेन्द्र पौडेल, वर्ष २०१६÷०१७ का मनोनित अध्यक्ष माधव रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.