क्रिकेटको उपाधी वाल्मीकिलाई

चितवन, १९ जेठ । सेन्ट जेभियर्स कप इन्टर–स्कूल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ । बुधबार भएको फाइनल प्रतिस्पर्धामा भरतपुरकै सनराइज ईङ्लीस स्कूललाई २ रनले पराजित गर्दैै वाल्मीकिले जित हात पारेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा सनराइजलाई हराएर वाल्मीकिले १५ हजार रुपैयाँ राशीको पुरस्कार जित्यो । दोस्रो भएको सनराइले १० हजार रुपैयाँ पाएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको वाल्मीकिले पूरै ओभरमा ९८ रन बनाउँदा सबै खेलाडी गुमायो । ९९ रनको सजिलो लक्ष्य पाएपनि सनराइजका व्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा उपाधि गुमायो ।
सनराइजले पूरै ओभर खेलेर ८ विकेट गुमाइ ९६ रन मात्रै बनाउन सक्यो । २५ वटा विद्यालय सहभागी प्रतियोगिताको समापन बुधबारै गरिएको छ । विजेताहरुलाई वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख केशवभक्त सापकोटाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा एक सय ६८ रन बनाइ ७ विकेट लिएका वाल्मीकिका प्रस्विन अधिकारी म्यान अफ दी सिरिज घोषित भए । उनले ट्रफीसहित साइकल पुरस्कार पाए ।
त्यस्तै १८६ रन बनाएका नारायणी उच्च माविका सन्देश सापकोटा बेस्ट ब्याट्सम्यान भए । उनलाई नेपाली क्रिकेट सपोर्टर्स सोसाइटीले ३ हजार नगर पुरस्कार दियो । त्यस्तै खेल अवधिभर ११ विकेट लिएका सनराइजका अनिश कुँवर बेस्ट बलर भए । उनलाई पनि क्रिकेट सपोर्टर्स सोसाइटीले ३ हजार रुपैयाँ पुरस्कार दियो ।
होलिभिजनका मनोज कँडेलले इमर्जिङ प्लेयर बन्दै १ हजार रुपैयाँ नगदसहित ट्रफी पाए भने नारायणी उच्च माविका दीपक आचार्य बेस्ट क्याप्टेन घोषित भए । त्यस्तै वाल्मीकिका ध्रुव भुषालले बेस्ट कोचको पुरस्कार पाएका छन् ।

Leave a Reply

Your email address will not be published.