दियालो परिवार ३९ औँ वर्षमा

चितवन, १९ जेठ । दियालो परिवार नारायणगढले आफ्नो स्थापनाको ३९औँ वर्षगाँठ मनाएको छ । ३८ वर्ष अगाडि बाल पुस्तकालयबाट यात्रा सुरु गरेको दियालोले बुधबार ३८औँ जन्मोत्सव मनाएको छ ।
विभिन्न क्रियाकलाप मार्फत सामाजिक क्षेत्रमा क्रियाशील रहेको दियालोले मुख्यगरि सडक बालबालिका तथा सिमान्तकृत वर्ग समुदायका बालबालिकालाई विद्यालय पठाउँदै उनीहरुका अभिभावकलाई सीप मूलक तालिम दिँदै आएको छ । दियालोले चितवनको पहाडी गाविसमा समेत महिलाहरुको लागि आय आर्जनको कार्यक्रम गराउँदै आएको छ । दियालोले आफ्नो ३९औँ जन्म दिन मनाउने क्रममा विभिन्न विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई शैक्षिक सामग्री समेत वितरण गरेको छ ।
दियालोले एक सय आठ जना बालबालिकालाई अध्ययन गराउँदै आएको छ । एक सय आठ मध्ये छनौटमा ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य अन्तर्गत बुधबार २१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कक्षा १ देखि कक्षा ७ सम्म अध्यन गर्ने विद्यार्थीहरुलाई विद्यालय झोला, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।

Saishik

त्यसैगरी, दियालोले जेहेन्दार छात्राहरुलाई समेत छात्रवृत्ती प्रदान गर्ने निर्णय गरेको छ । ३९ औँ वार्षिकोत्सवको अवसरमा चण्डीभञ्ज्याङको साना किसान उद्यमी सवलीकरण कार्यक्रमका स्वावलम्बी महिला समूहका सदस्यका जेहेन्दार छोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको दियालोका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बताए । कक्षा ४ देखि ९ सम्म अध्ययन गर्ने छात्रहरुलाई छ हजार आठ सय रुपैयाँदेखि आठ हजार रुपैयाँका दरले ८६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने शिल्पकारले जानकारी दिए ।
बुधबार छात्रवृत्ति घोषणा गरिएपनि दियालोले केही समय पछि चण्डीभञ्ज्याङको विद्यालयमा पुगेर छात्रवृत्ति प्रदान गर्ने शिल्पकारले बताए । दियालो परिवारका पूर्व अध्यक्षहरु, सदस्यहरु सहभागी रहेको कार्यक्रम दियालो परिवारका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.