दूध दिवसमा वृद्धहरुलाई दुग्धजन्य परिकार

चितवन, १९ जेठ । विविध कार्यक्रम सहित चितवनमा पनि १६औं अन्तराष्ट्रिय दूध दिवस मनाइएको छ । १६ वर्ष अगाडि डेनमार्कबाट दूध दिवस मनाउन सुरु गरिएको थियो ।
dudh

व्यावसायिक दुग्ध किसानहरुको हक र हितमा काम गर्न तथा दूध किसानहरुको प्रोत्साहत बढाउनको लागि दुग्ध दिवस मनाउन थालिएको थियो । १६औं दूध दिवसको अवसर पारेर व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवन र जिल्ला पशु सेवा कार्यालय चितवनले देवघाटमा रहेको रोटरी करुणालयमा रहेका बृद्धबृद्धाहरुलाई बुधबार दूधबाट बनेका परिकारहरु खुवाएका छन् । रोटरी करुणालयको आश्रममा आश्रय लिइरहेका ११ जना पुरुष सहित ३४ जना बृद्धबृद्धाहरुलाई व्यवसायिक दुग्ध उत्पादक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारी र जिल्ला पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक एवम् सूचना अधिकृत महेन्द्र साहले दूधबाट बनेका परिकार खुवाएका हुन् ।
त्यसैगरी, समाजले करुणालयमा रहेका वृद्धहरुका लागि ४० लिटर दूध समेत प्रदान गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय चितवनका सूचना अधिकारी समेत रहेका पशु चिकित्सक डाक्टर महेन्द्र साहले नेपालमा दुध उत्पादनलाई बृद्धि गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए । भैंसीको दूध भन्दा गाईको दुधमा धेरै पौष्टिक तत्व पाउने बताउ“दै साहले दूध उत्पादनमा बृद्धि गर्नका लागि पशुपालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । मानिस जन्मिएपछि नमर्ने बेलासम्म दूधको आवश्यकता पर्ने गरेकाले राज्यले पशु पालनलाई सहयोग गर्दै आएको साहको भनाइ थियो ।
कार्यक्रममा व्यवसायिक दुग्ध उत्पादक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले बच्चादेखी बृद्धबृद्धा हु“दासम्म मानव स्वास्थ्यलाई अति आवश्यक पर्ने दुध उत्पादनका लागि सरकारले पनि पशुपालन कृषकहरुको संख्या बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । कार्यक्रम व्यवसायिक दुग्ध उत्पादक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.