मुग्लिङ नारायणगढ सडक दुईतर्फी सञ्चालन

मुग्लिङ, १९ जेठ । मंगलबार रातिदेखि अवरुद्ध भएको मुग्लिङ नारायणगढ सडक खण्ड भरखरै सञ्चालनमा आएको छ ।
मंगलबार राति परेको पानीका कारण पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले बिहान १० बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । मुग्लिङदेखि पश्चिमतर्फ १२ किलोमिटर क्षेत्रफलमा करिब १५ ठाउँमा पहिरो गएपछि यातायात अवरुद्ध भएको थियो ।
मंगलबार राति पहिरो खसेपछि एकतर्फी रुपमा सञ्चालन आएको सडक बिहान ६ बजपछि पुनः दोहोरो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक योगन्द्र बहादुर हमालले जानकारी दिए । सडक सुधार आयोजनामा प्रयोग भएका एक्साभेटरको सहायताले सबै ठाउँको पहिरो हटाएपछि बिहानबाट दुईतर्फी नै सडक सञ्चालनमा आएको हमालले बताए ।
सडक मर्मतका क्रममा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध गरिने यो सडक खण्ड पानी परेपछि पहिरोका जुन बेला पनि अवरुद्ध हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.