चितवनका १५ वटा सहकारी खारेजीको प्रकृयामा

आनन्द पोखरेल
चितवन, १९ जेठ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनले यहाँका १५ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रकृया सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७२÷०७३ सम्म निस्कृय रहेका सहकारी संस्थाहरुको खारेजी प्रकृया अगाडि बढाएको हो ।
कार्यालयले प्रकाशन गरेको सूचना अनुसार चितवनमा सञ्चालनको अनुमति लिएर लेखा परीक्षण नगराएको, लगातार दुई वर्षसम्म साधारणसभामा नबसेको, नियमित कारोबार नगरी निस्कृय रहेका सहकारी संस्थाहरुको खारेजी प्रकया अगाडि बढाएको हो । सहकारीले दुई वर्षसम्म साधारणसभा नगराउने, कार्यालययमा बुझाउनुपर्ने प्रतिवेदनहरु नबुझाएको अवस्थामा त्यस्ता संस्थाहरुलाई राख्नुको औचित्य नभएको भन्दै खारेजीको प्रकृयामा अगाडि बढाइने सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सूचना अधिकारी चोलाकान्त पोखरेलले बताए ।
सहकारी संस्थाहरुको निरीक्षण गर्न जाँदा संस्था बन्द रहेको र फेला पार्न नसकिएको भन्दै सहकारी ऐन २०४८ अनुसार सहकारी किन दर्ता खारेज नगर्ने ? भनेर ३५ दिने सूचना निकालेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सूचना अधिकारी चोलाकान्त पोखरेलले बताए । कार्यालयले कृषि, दुग्ध, बचत लगायतका विभिन्न १५ वटा सहकारीहरुलाई किन खारेजी नगर्ने भन्दै सूचना निकालेको हो ।
खारेजीको सूचिमा परेका सहकारीहरु सञ्चालन गर्ने भएमा सञ्चालक समितिको निर्णय योजना सहित ३५ दिन भित्र डिभिजन कार्यालयमा निवेदन दिएमा दर्ता खारेजी नगरिने पोखरेलले जानकारी दिए । कार्यालयले खारेजीको प्रकृयामा लैजानको लागि निकालेको सूचनामा भरतपुर उपमहानगरपालिका भित्रका तीन वटा सहकारी परेका छन् । सूचना अधिकारी पोखरेलले दिएको जानकारी अनुसार तीन वटा बचत तथा ऋण सहकारी संस्था, छ वटा दुग्ध सहकारी संस्था, पाँच वटा कृषि सहकारी संस्था र एउटा उपभोक्ता सहकारी संस्थाको खारेजी प्रकृया अगाडि बढाइएको हो ।

खारेजी प्रकृया अगाडि बढाइएका सहकारीहरुको नामावली :

Sahakari

Leave a Reply

Your email address will not be published.