फूलबारीलाई छुवाछुत मुक्त वडा घोषणा गरिने

चितवन, १८ जेठ । भरतपुर उपमहानगरपालिकाको वडा नं १९ फूलबारीलाई छुवाछुतमुक्त वडा घोषणा गरिने भएको छ । दलित समुदायको बसोबास रहेको फूलबारीको श्रीपुर क्षेत्रलगायत सम्पूर्ण वडालाई छिट्टै विभेदमुक्त गरिने यहाँका दलित अगुवाहरुले बताएका छन् ।
सोमबार फूलबारीमा आयोजित नागरिक सचेतनाका पोष्टर तथा स्टिकर विमोचन कार्यक्रममा बोल्दै दलित समाज सेवा क्लबका अध्यक्ष मिन बहादुर थापा परियारले घोषणा गरेका हुन् । मान्छे मान्छेबीचको बिभेद हटाई सम्पुर्ण मानब समाजलाइ एक ठाउंमा उभ्याइने उहाको भनाई छ । राज्यले बनाएका ऐन नियममा दलितका हक अधिकारको बिषयमा जानकारी दिने उदेश्यले पोष्टर तथा पम्प्लेट निर्माण गरिएको परियारले जानकारी दिए । ती सामाग्री मानिसहरुको धेरै भिडभाड हुने सरकारी कार्यालय तथा सार्बजनिक स्थानमा टासिने छ ।
जातीय छुवाछुत बिरुद्धको ऐन २०६८ ले मानिस मानिसबीच भेदभाव गर्न नहुने लाल्छना लगाउन नपाइने जस्ता थुप्रै कानुन बनाए पनि सामाजिक रुपले दलितहरु हेपिएको नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा चितवनका अध्यक्ष बिजय बिश्वकर्माले बताए । कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल दलित संघ चितवनका पुर्व अध्यक्ष तथा दलित अगुवा मिन बहादुर बिश्वकर्माले अधिकार नपाएका कारण यस किसिमको अभियानले चेतना बिस्तारमा सहयोग पुर्याउने बताएका छन् ।
नेपाली समुदायमा सदियौं देखि नेपाली राज्य सत्ता र हिन्दु ब्रामणवादबाट सृजित जातिय भेदभाव र छुवाछुतको समुल अन्त्यको पहल गरिए पनि यसका अवशेष अझैं बाँकी रहेका छन् । नेपालको मुलुकी ऐन २०२० नेपालको संविधान २०४७ र अन्तरिम संविधान २०६३ र जातिय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ समेत लागु भई जातिय बिभेद कानूनी अपराधको रुपमा स्वीकार गरी कार्यन्वयनको अवस्था छ । तर पनि ब्यवहारीक देखिएको छैन । कार्यक्रमलाई बिभिन्न राजनितिक दलका वडा प्रतिनिधि,सामाजिक कार्यकर्ताले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.