सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिरुवामा गोडमेल

चितवन, १८ जेठ । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अनुसार मंगलबार दोस्रो दिन विरुवा गोडमेल तथा सरसफाई गरिएको छ ।
भरतपुर उपमहानगरपालिकाको आयोजना र ग्रीन लायन्स क्लब तथा नेपाल मैत्री समाजको समन्वयमा भरतपुर १० मा रहेको महाकालेश्वर शिव मन्दिर वरिपरीका बिरुवाहरु गोलमेल गरिएको हो । बिरुवा गोडमेलका साथै बिरुवालाई तारबार समेत गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार शिव मन्दिरमा रहेका बिरुवा वरिपरी आएका झारहरु हटाइएको हो ।
बिरुवाहरुको संरक्षणका लागि तारबार समेत गरिएको छ । हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन संरक्षण गरौँ, लगाई सम्पूर्ण तन मन धन भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस मनाउने सन्दर्भमा मंगलबार दोस्रो दिन बिरुवा गोडमेल तथा बारबन्धन गरिएको हो । हरेक अंग्रेजी वर्षको जुन ५ तारिकका दिनलाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरिएको छ । यस वर्ष भने चितवनमा एक हप्ता अगाडिदेखि नै कार्यक्रम गरि विश्व वातावरण दिवस मनाउन लागिएको हो ।
दिवसको सप्ताहव्यापी कार्यक्रमको सोमबार उद्घाटन गरिएको थियो । सोमबार भरतपुरको चौबिसकोठीदेखि भरतपुर उपमहानगरपालिका अगाडिसम्म सरसफाई कार्यक्रम गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १९ गते नगरका विद्यालय सरसफाई, २० गते वक्तृत्वकला प्रतियोगिता, २१ गते राइनो तालमा अन्तरक्रिया, २२ गते वृक्षरोपण र २३ गते वृहत ¥याली एवम् नारायणी नदीको किनार सफाई गरिदैछ ।

Leave a Reply

Your email address will not be published.