दुर्घटनामा परि ज्यान गुमाएको सम्झनामा शोक सभा

चितवन, १८ जेठ । यहि जेठ ६ गते लमजुङको साल्मेडा“डामा भएको यात्रुबस दुर्घटनामा परि निधन भएका व्यक्तिहरुको सम्झनामा शोकसभा आयोजना गरिएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद चितवनका सचिव रामकृष्ण गुरुङ र उनकी धर्मपत्नी मीनाकुमारी गुरुङको १३औं दिनको पुण्यतिथीमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद चितवनले मंगलबार भरतपुरमा शोकसभा गरेको हो ।
कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद चितवनलाई मात्रै नभई समग्र चितवनका गुरुङ समुदायको लागि अपूरणीय क्षेती भएको गुरुङ अगुवाहरुले बताएका छन् । समाजका लागि भैपरि आउ“दा जस्तो कठिनाई पनि सहेर काम गर्ने एक जुझारु व्यक्तिलाई गुमाएको भन्दै गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर गुरुङले रामकृष्णको निधनले जिल्लादेखी केन्द्रसम्म नै ठूलो धक्का पुगेको बताए । गुरुङ दम्पत्तीको निधनले सम्पूर्ण गुरुङ समुदाय मर्माहित भएको कर्णबहादुरको भनाइ छ ।
यस्तै गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष सन्तलाल गुरुङले संस्थाको सचिवलाई गुमाउ“दाको पीडा सहन गाह्रो भएको बताए । सचिवको दुःखद निधनका कारण संस्था आपाङ्ग सरह बन्न पुगेको सन्तलालको भनाई छ । अध्यक्ष गुरुङले घटना भएको दिनदेखी संस्थाको हरेक काममा अभाव महसुश भएको बताए । यस्तै परिषदकी केन्द्रीय सदस्य शारदा गुरुङले उनको असमायिक निधनले जिल्लाका सबै गुरुङ समुदाय शोकमा डुबेको बताइन् ।
तमू ह्युल छोंज धीं, भूपू सैनिक कल्याणकारी क्लब, बौद्ध धर्म सेवा समितिलगायत विभिन्न संघसंस्थामा क्रियाशील रुपमा काम गर्दै आउएको बताउ“दै स्वर्गीय गुरुङको योगदानलाई चितवनका गुरुङ समुदायले बिर्सन नसक्ने शारदाले बताइन् । परिषदका अध्यक्ष सन्तलाल गुरुङको अध्यक्षतामा भएको शोकसभामा विभिन्न संघसंस्थाका केन्द्रदेखी ईकाईसम्मका अध्यक्ष एवम् प्रतिनीधिहरुले शोक मन्तव्य व्यक्त गरेका थिए ।
लम्जुङको जिताकोट स्थायी घर भएपनि २०६० सालदेखि भरतपुर–२, क्षेत्रपुरमा स्थायी रुपमै बसोबास गर्दै आएका गुरुङ दम्पत्तीको बुद्ध जयन्तीको अवसरमा आफ्नो जन्मथलो लमजुङ जाने क्रममा सवारी दुर्घटनामा परेर निधन भएको हो । दमौलीबाट जिताका लागि छुटेको ना ६ ख ४१३६ नं. को यात्रुबहाक बस जेठ ६ गते बिहीबार सा“झ ५ बजेतिर दुर्घटना हु“दा गुरुङ दम्पत्ती सहित ११ जनाको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये ५ जना गुरुङ परिवारकै सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published.