धुमपान र मध्यपान नगर्न डाक्टरको सल्लाह

आनन्द पोखरेल
चितवन, १८ जेठ । धुमपानका कारण स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका रोगहरु लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् । धुमपान रहित दिवस २०७३ मनाउने क्रममा मंगलबार चिकित्सकहरुले धुमपान स्वास्थ्यको लागि हानिकारक भएको बताएका हुन् ।
11

धुमपानले पक्षघात, दमको रोग, मुटुको रोग निम्त्याउनुका साथै क्यान्सर गराउने गरेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चितवनका कार्यकारी निर्देशक डाक्टर चीनबहादुर पुनले बताए । मानिसले धुमपान लिएपछि फोक्सोमा गएर त्यो तुरुन्त रगतमा जाने र धुमपानमा रहेका करिब पाँच हजार केमिकल मध्येको ८० वटा केमिकलले क्यान्सर गराउन सक्ने पुनको भनाइ छ ।
ती क्यान्सर बनाउने केमिकलहरु मानिसका अंगभित्र प्रवेश गर्दै शरिमा भएको जीनलाई न्यूट्रेशन गराउँदै मानिसलाई क्यान्सर हुने पुनले बताए । धुमपानका कारण सबैभन्दा बढी फोक्सोको क्यान्सर, मुखको क्यान्सर, भोजन नली, मृगौला र पिसाब थैलीको क्यान्सर देखिएको डाक्टर पुनले बताए । क्यान्सरबाट जोगिनको लागि त सबैभन्दा पहिले धुमपान र क्यान्सर जन्य पदार्थहरु त्याग्नुपर्ने डाक्टर पुनको सुझाव छ ।
3

मदिरा सेवनका कारण कलेजोको क्यान्सर हुने भएकाले धुमपान र मध्यपान दुवै त्याग्नुपर्ने पुनको भनाइ छ । डढेको, ढुसी पलाएको र बासी खानेकुरा खान नहुने पुनले बताए । चिल्लो पदार्थको कम सेवन गर्दै मोटोपनलाई घटाउन र शारीरिक व्यायम गर्दै नियमित फलफूल तथा सागपातको सेवन गरेमा पनि क्यान्सरबाट जोगिन सकिने पुन बताउँछन् ।
मंगलबार परेको विश्व धुमपान रहिद दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था चितवनको आयोजनामा नारायणगढको पोखरा बसपार्कबाट सहिदचोक हुँदै लायन्सचोकसम्म चेतनामूलक ¥याली समेत निकालिएको छ । ¥यालीमा चितवनका सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, क्यान्सर रोगसँग सम्बन्धीत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, सुरक्षा नियकाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेका थिए ।
2

¥यालीमा सहभागीहरुले ‘सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कानुन अनुसार कारबाही गरौँ’, ‘चुरोट, खैनी, गुट्कालाई सधैँ बहिस्कार गरौँ’, ‘धुमपान गर्न मनाही छ’, लगायत चेतनामूलक प्लेकार्डहरु बोकेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुप अधिकारीले विश्वमा विकासोन्मुख मुलुकहरुका छ करोड ४० लाख व्यक्तिहरुले धुमपान गर्ने गरेको बताए । नेपालमा रहेका युवाहरुमध्ये ५० प्रतिशत पुरुष र ३० प्रतिशत महिलाहरुले धुमपान गर्ने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।
क्यान्सर निवारण तथा रोकथाम विभाग वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका प्रमुख किशोरकुमार प्रधानांगले धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनको आह्वानमा धुमपानरहित दिवस विश्वभर मनाउने गरिएको बताए । प्रधानांगका अनुसार धुम्रपान सेवनका कारण विश्वमा प्रत्येक वर्ष ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी १६ हजार जनाको ज्यान जाने गरेको प्रधानांगले बताए ।
4

सरकारले धुमपानका साथै सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउने उद्देश्यले विभिन्न कानुन बनाएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदध कोइरालाले बताए । सुर्तीजन्य वस्तुको खोलको ९० प्रतिशत भागमा फोक्सो वा मुखमा पारेको प्रभाव देखाउने चित्र राख्नुपर्ने कानुनी व्यवस्था गरिएको भएपनि कार्यान्वयन नभएको कोइरालाले बताए ।
सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धधन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यवस्था कानुनले गरेको छ । कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको हो ।

1 thought on “धुमपान र मध्यपान नगर्न डाक्टरको सल्लाह

Leave a Reply

Your email address will not be published.