स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत १० व्यवसायी पक्राउ

आनन्द पोखरेल
चितवन, १७ जेठ । सोमबार साँझ पाँच बजे जिल्ला प्रहरी कार्यालय चितवनले १० जना स्वास्थ्य व्यवसायीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा अनुगमन गरि उनीहरुलाई पक्राउ गरेको हो ।
भरतपुर उपमहानगरपालिका वडा नम्बर ७ क्यान्सर अस्पताल चोकमा प्याथोलोजीलगायतका सेवाहरु सञ्चालन गर्दै आएका विभिन्न १० वटा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट स्वीकृती लिएर मात्र स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत सेवाहरु सञ्चालन गर्न पाउने भएपनि ती व्यवसायीहरुले स्वीकृति बिना नै मार्फेसी, डायग्नोष्टिक, प्याथोलोजी सञ्चालन गर्दै आएका थिए ।
सोमबारको अनुगमनका क्रममा प्रहरीले कालिका डायलोष्टिक सेन्टर, एस एल आर डायग्नोष्टिक सेन्टर, सगरमाथा डायग्नोष्टिक सेन्टर एण्ड क्लिनिक, सुस्वास्थ्य प्याथोलोजी, रक्षा डायग्नोष्टिक ल्याव, तीर फार्मेसी, एन आर एल चितवन, कोहीनुर प्याथोलोजी, नमुना प्याथोलोजी र हंस डेन्टर क्लिनिकका सञ्चालकलाई नियन्त्रणमा लिएको छ । अनुगमनका क्रममा मापदण्ड तथा नियमित विपरीत सञ्चालमा रहेका व्यवसायीहरुलाई पक्राउ गरिएको चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाले बताए ।
पक्राउ परेकाहरुलाई सोधपुछको लागि प्रहरीको हिरासतमा राखिएको छ । हिरासतमा राखेर थप अनुसन्धानपछि उनीहरुको कसुर अनुसारको कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.