विश्व वातावरण अन्तर्गत सरसफाई

चितवन, १७ जेठ । भरतपुर उपमहानगरपालिकाको आयोजनामा सोमबार भरतपुरमा सरसफाई गरिएको छ । विश्व वातावरण दिवस मनाउने सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार पहिलो दिन सरसफाई गरिएको हो ।
नेपाल मैत्री समाज र ग्रिन लायन्स क्लबको संयुक्त समन्वयमा उपमहानगरपालिकाले भरतपुरको चौबिसकोठीदेखि भरतपुर उपमहानगरपालिकासम्म सरसफाई गरेको हो । विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सरसफाई कार्यक्रममा विभिन्न व्यक्तिहरुले भरतपुरको चौबीसकोठी देखि भरतपुर उपमहानगरपालिकाको कार्यालयसम्मको मुख्य सडकमा रहेका फोहोर टिपेर व्यवस्थापनमा सहयोग पु¥याएका थिए ।
safai 3

सरसफाई कार्यक्रमको उद्घाटका क्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले कविता मार्फत वातावरण संरक्षणको लागि जोड दिएका थिए । मानव जाति वातावरणको विनाशको रुपमा रहेकोले यसको संरक्षण गर्नु हाम्रो लागि निकै नै चुनौति रहेको पोखरेलले बताए । यस पृथ्वीमा रहने सम्पूर्ण प्राणीको समष्टिगत सार वातावरण भएकाले यसको संरक्षण गर्न हाम्रो दायित्व समेत भएको पोखरेलले बताए ।
safai 4

वातावरण सफा रहे मात्र समाज र व्यक्ति स्वस्थ्य रहन सक्छ भन्ने चेतना जगाउनका लागी सरसफाई अभियान संचालन उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले बताए । रोग लागेपछि उपचार गर्ने भन्दा पनि वातावरण सफा राखेर रोग निम्तन नदिनु बुद्धिमत्ता कुरा भएको बरालले टिप्पणी गरे । विश्व वातावरण दिवसको उपमहानगरपालिकाले आयोजना गरेको १ हप्ते कार्यक्रम अन्तर्गत सोमबार पहिलो दिन सरसफाई गरिएको हो । सरसफाई गर्ने कार्यक्रम अन्य दिन पनि संचालन हुने नेपाल मैत्री समाजका अध्यक्ष विरेन्द्र पौडेलले बताए ।
safai1

सरसफाई सम्बन्धि अन्य कार्यक्रमहरुमा वक्तृत्वकला प्रतियोगिता, अन्तरक्रिया, वृक्षारोपण, ¥याली, लगायतका कार्यक्रमहरु समेत संचालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published.