सुर्तीजन्य पदार्थमा कडाइ गर्नुपर्नेमा जोड

आनन्द पोखरेल

चितवन, १७ जेठ । सादा प्याकेटको उत्पादन तयारी भन्ने नाराका साथ यस वर्षको विश्व धुमपानरहित दिवस मनाइदैछ । जेठ १८ गते विश्वभरी मनाउन लागिएको धुमपानरहित दिवसमा चितवनमा पनि विभिन्न कार्यक्रम गरि मनाउन लागिएको छ ।
विश्व धुमपान रहित दिवस २०७३ को पूर्वसन्ध्यामा सोमबार भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर चीनबहादुर पुनले सुर्तीजन्य पदार्थको सेवनका कारण वर्षेनि विश्वभरी ६० लाख मानिसको ज्यान जाने गरेको बताए । सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वभरी मानिसहरु मर्ने क्रममा वृद्धि हुँदै गएका कारण सन् २०३० सम्म वर्षेनि एक करोड मानिसहरु सुर्तीजन्य पदार्थ सेवनका कारण मर्नसक्ने तथ्थांक सार्वजनिक भएको पुनले जानकारी दिए ।
सुर्तीजन्य पदार्थको सेवन भन्नाले सुर्तीको पात वा यसबाट बनाइएको पदार्थ चपाएर, सुँघेर वा धुँवाको माध्यमबाट सेवन गर्ने पदार्थहरुलाई बुझिन्छ । सुर्तीजन्य पदार्थमा चार हजार भन्दा धेरै प्रकारका रसायनिक पदार्थहरु पाइन्छन् जुन स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सोमबार आयोजत कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुप अधिकारीले सुर्तीजन्य पदार्थका प्याकेटहरु आकर्षक हुन नहुने बताए ।
सार्वजनिक स्थानमा धुमपान गर्न नपाउने नियम भएकाले यसको कडाइका साथ पालना गराउँदा समेत सुर्तीजन्य पदार्थको सेवनमा कमी आउन सक्ने अधिकारीको भनाइ छ । धुमपान त्याग्नको लागि सबैलाई उत्प्रेरणा गर्नुपर्ने बताउँदै अधिकारीले धुमपानमा लगानी नगरी त्यो रकम अन्यन्त्र लगानी गर्दा राम्रो हुने बताए । कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अंकुलोजिष्ट डाक्टर भोलाप्रसाद रौनियारले धुमपानको विकल्पमा धुमपान नै खोज्ने प्रवृत्ती बढ्दै गएको बताए । क्यान्सर भएर जँचाउन आउने विरामीका आफन्तले समेत धुमपानको सेवन गर्नाले बिरामीलाई र अन्य व्यक्तिलाई नकारात्मक असर पर्ने रौनियारको भनाइ थियो ।
विश्व धुमपानरहित दिवस २०७३ का अवसरमा मंगलबार बिहान नारायणगढको पोखरा बसपार्कबाट जनचेतना मूलक ¥याली निकाल्ने तयारी भएको नेपाल अर्बुद रोग निवारण संस्थ्याका अध्यक्ष दीनेश कुमार चुकेले बताए । धुमपान नगर्न अभिप्रेरित गर्न सकेको अवस्थामा धुमपानरहित दिवस मनाउनुको औचित्य हुने चुकेको भनाइ थियो ।
सुर्तीजन्य पदार्थ नियन्त्रणको सामाजिक अभियानमा सक्रिय भएर लागौँ स्वास्थ्य भविष्य निर्माण गर्न अग्रसर होऔँ भन्दै सोमबार गरिएको अन्तरक्रियामा चितवनका सहायक जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, क्यान्सर सेवा समाज चितवनका अध्यक्ष श्यामप्रसाद लामिछानेधर्मराज प्रसाईँ, क्यान्सर निवारण तथा रोकथाम विभागका प्रमुख किशोर प्रधानांगलगायलते मन्तव्य राखको थिए । कार्यक्रम वीपी कोइराला अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रकाश राज न्यौपानेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.