कर सम्बन्धी छलफल

कुल काफ्ले
चितवन, १७ जेठ । कर सम्बन्धी विवरण दाखिला गर्ने विषयमा चितवन अटोमोबाइल्स एशोसियसन चितवनले व्यवसायीहरुलाई सोमबार प्रशिक्षण दिएको छ ।
कर शिक्षा प्रणाली विषयमा प्रशिक्षण दिइएको कर सम्बन्धी आधारभूत तालिममा अटोमोबाइल्स व्यवसायीहरुलाई लेखालाई कसरी व्यवस्थित र चुस्तदुरुस्त राख्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराइएको थियो । त्यस्तै, व्यवसायीहरुले कुन सामानमा कति कर सरकारलाई बुझाउनु पर्छ भन्ने विषयमा पनि प्रशिक्षण गराइएको प्रशिक्षक रजिष्टर्ड अडिटर्स रामजी अधिकारीले जानकारी दिए । तालिमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीहरुले आफ्नो आम्दानि र खर्च चुस्त दुरुस्त रुपमा राख्नुपर्नेमा जोड दिए ।
आर्थिक हिनामिना गरेको सजाय आर्थिक नै हुनुपर्ने भन्दै उनले यसमा सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उद्योग बाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले अवैज्ञानिक कर प्रणालिबाट मुक्त हुनका लागि पनि तालिम महत्वपूर्ण रहेको विश्वास व्यक्त गरे । तालिममा झण्डै १ सय जना व्यवसायीहरुले प्रशिक्षण लिएका छन् । व्यवसायीहरुलाइ रजिष्टर्ड अडिटर्स रामजि अधिकारी र नवराज भट्टराईले प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रम एशोसियसनका अध्यक्ष ज्ञानुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published.