द्वन्द्व पीडितले स्वतन्त्र रुपमा उजुरी दिनुपर्ने

चितवन, १७ जेठ । जनआन्दोलनका क्रममा विपक्षिका तर्फबाट पीडित भएकाहरुले उजुरी दिने सम्बन्धमा द्धन्द्दपिडितहरुलाई स्वतन्त्र रुपमा उजुरी दिन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आग्रह गरेका छन् ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारीएका व्यक्ति छानमिन आयोगको उजुरी प्रकृयाको जानकारी र द्वन्द्ध पिडितको समस्याहरुका बिषयमा गरिएको एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्दै सिहले बास्तविक पिडितहरुले यथार्थ तत्थ्यपरक उजुरि दिएमा राज्यबाट पाउने सुविधा पाउने बताए । सिंहले बास्तविक पिडितहरुलाई उजुरी दिन स्वतन्त्रता रहेको भन्दै पिडितका समस्याका समन्धमा राज्यलाई कार्यान्वायन गराउनमा सहयोग गर्ने बताए ।.
पिडितहरु उजुरी प्रकृयामा नगए न्याय पाउन नसकीने भन्दै राज्यले पनि द्धन्द्द पिडितहरुलाई दिने सेवा सुविधाको बारेमा जानकारी दिनुपर्ने भनाइ राखे । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले अन्यायमा कोही नपर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको फारम भर्नुपर्ने बताए । द्वन्द्वमा फसेका सबै व्यक्तिलाई फारम भर्न अग्रसर गराउनुपर्नेमा थपलियाले जोड दिए । नकारात्म सोच र गलत सोच हटाउँदै सामाजिक मेलमिलापको बाटोमा जानुपर्ने थपलियाको भनाइ थियो ।
कार्यक्रममा बोल्दै स्थानिय शान्ति समिति संयोजक बद्रि तिमिल्सेनाले राज्यले द्धन्द पिडितलाई पिडित प्रमाणपत्र दिनुपर्ने भन्दै प्रमाणपत्रले बास्तविक पिडितलाई न्याय मिल्ने बताए । साथै बास्तविक पिडितले पनि आफ्नो हकको लागी आफैले आवाज उठाउन आग्रह गरे । द्धन्द्दपिडितहरुले स्थानिय शान्ति समिति र बेपत्ता छानमिन आयोगमा उजुरी दिन सक्नेछन् ।
कार्यक्रममा चितवनका स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेल, स्थानीय शान्ति समिति चितवनका संयोजक द्धन्द्ध पिडितहरु लगाएतले मन्तव्य राखेका थिए । आयोगले विगत एक महिना देखि संञ्चालन गरेको उजुरी संकलनको अभियान अन्तर्गत देश भरी अहिले उजुरी पर्ने क्रम जारि रहेको छ ।

Leave a Reply

Your email address will not be published.