वृहत कविता महोत्सवमा भण्डारी पहिलो

गैंडाकोट, १५ जेठ । नवलपरासीमा भएको प्रतियोगितात्मक बृहत कविता महोत्सवमा देवघाट तनहुँका मनोज भण्डारी पहिलो भएका छन् । गणतन्त्र दिवसको अवसरमा गैँडाकोट नगरपालीकाको आयोजना तथा बागेश्वरी असल शासन क्लव बास नवलपरासीको सहजीकरणमा भएको कविता महोत्सवमा १६ जना प्रतीष्पर्धीलाई उछिन्दै भण्डारी पहिलो भएका हुन् ।
राष्ट्रियता र सुसासन शीर्षकको कविता प्रतीयोगीतामा चितवनका प्रकृतीप्रेमी दोस्रो, भिमप्रसाद खतिवडा तेस्रो तथा कोईराला महेन्द्र सान्तवना भएका छन् । गैडाकोटमा भएको महोत्सवमा साहित्यकार प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, पुष्प अधिकारी अञ्जली, बालकृष्ण थपलीया, द्वारीका नेपाल, भानुभक्त सापकोटा, तेजेन्द्र सापकोटा लगायतले आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रेमविनोद नन्दनले कविता लेखेकै भरमा जेल जानुपर्ने, काराबासको सजाय सुनाईने पुस्तकालय खोल्न खोज्दा विरोध हुने जस्ता विगतका काला दिनहरुबाटै अहिलेको सुनौलो दिन आएको स्मरण गरेका थिए । नन्दनले देशलाई कोल्टे फेराउन कवि कलाकार र साहित्कारले महत्वपुर्ण भुमिका खेलेको बताए । सरकारी कार्यालयबाट गणतन्त्र दिवसको अवसरमा साहित्यीक महोत्सव कार्यक्रम आफ्नो जीवनमै पहिलो भएको नन्दनको भनाई थियो ।
वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले साहित्यको माध्ययमबाटै परिवर्तन ल्याउन सम्भव रहेको भन्दै त्यसका लागी सरकारी कार्यालयले पनि विकासका काममा साहित्यकारहरुस“ग सहकार्य गर्नुपर्नेमा जोड दिए । चितवन, नवलपरासी, तनहुँ लगायतका जिल्लाका एक सय ५० भन्दा बढी साहित्यकारहरुको उपस्थिती रहेको कार्यक्रममा गैडाकोटका स्थानीय राजनैतीक दलका प्रमुख हरुले साहित्यीक सर्जकहरुसंगको सहकार्यमा अगाडी बढने प्रतीबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.