५८ बर्षीय बरुवाल बेपत्ता

मनहरी, १५ जेठ । मकवानपुरको मनहरी गाविस वडा नं ३ निवासी एक व्यक्ति चितवनको खुरखुरेबाट हराएका छन् ।
कुल पुजाको सिलसिलामा नातिसहित चितवन पुगेका मनहरी ३ बिजौनाका ५८ बर्षीय मेखबहादुर बरुवाल हराएका हुन् । १२ बर्षीय नातिलाई छाडेर उनी जेठ १३ गतेदेखि बेपत्ता भएका हुन् ।
हजुरबुवा हराएको खबर भएपछि खोजीका लागि घरबाट गएको आफन्तको टोलीले लगातार तीनदिन खोज्दा समेत मेखबहादुरबारे कुनै खबर आउन सकेको छैन । उनी हराएको बारे इलाका प्रहरी कार्यालय मनहरी तथा चितवनको राजमार्ग छेउका सबै प्रहरी चौकीहरुमा जानकारी गराइएको भए पनि फेला नपरेको बरुवालका छिमेकी जनक बानियाँले जानकारी दिए ।
उनले बरुवाललाई देख्ने व्यक्तिले नजिकको प्रहरी वा ९८०४२९९६४१ नं को मोबाइलमा जानकारी गराउनका लागि आग्रह समेत गरेका छन् । उनी आंशिक रुपमा मानसिक रोगी रहेको परिवारजनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.