चितवनमा भव्य रुपमा गणतन्त्र दिवस मनाइयो

चितवन, १५ जेठ । चितवन सहित देशभरी नवौँ गणतन्त्र दिवस मनाइएको छ । भव्य तामझामका साथ तीन दिनसम्म देशभरी मनाइने कार्यक्रम अनुसार शनिबार विभिन्न कार्यक्रम सहित गणतन्त्र दिवस मनाइएको हो ।
ganatantraपहिलो संविधान सभाको निर्वाचन पछि बनेको सरकारले २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्र नेपालको रुपमा घोषणा गरेको सम्झना स्वरुपमा नेपालमा गणतन्त्र दिवस मनाइदै आएको छ । चितवनमा गणतन्त्र दिवसको अवसर पारेर शनिबार बिहान चौबिसकोठीबाट वृहत ¥याली निकालिएको थियो । चौबिसकोठीबाट निकालिएको ¥याली अस्पताल लाइन, मालपोत चोक, घरेलु तथा साना उद्योग कार्यालय चोक परिक्रमा गर्दै जिल्ला विकास समितिमा पुगेर सभामा परिणत भएको थियो ।
gan1

नवौँ गणतन्त्र दिवस समारोह समिति चितवनले आयोजना गरेको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह प्रमुख अतिथि रहेका थिए । सिंहले चितवनमा गणतन्त्र दिवस सबैको प्रतिवद्धताका कारण भव्य रुपमा आयोजना गर्न सकिएको उल्लेख गरे । गणतन्त्र आएको नौ वर्ष भएपनि राजनीतिक दलहरुले जनतालाई गणतन्त्र आएको प्रत्याभूति गराउन नसकेका सिंहको भनाइ थियो ।
gan 3

गणतन्त्र दिवसलाई संस्थागत गर्नको लागि सम्पूर्ण राजनीतिक दल, तिनका भातृ संगठन, विभिन्न संघसंस्था र सरकारी संघसंस्थाको समेत महत्वपूर्ण भूमिका हुने सिंहले बताए । कार्यक्रममा स्काउटका विद्यार्थी, चितवन स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, जिल्लाका खेलाडीहरु, विभिन्न राजनीतिक संघ संगठनका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नवौँ गणतन्त्र दिवस समारोह समिति चितवनका संयोजक एवम् स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

gan 2

Leave a Reply

Your email address will not be published.