हिन्दू धर्मको संरक्षणमा यूवाहरु लाग्नुपर्ने

चितवन, १५ जेठ । हिन्दूधर्ममाथि विभिन्न समूह र संगठनद्वारा प्रहार हुँदै गएकाले सम्पूर्ण ॐकार परिवारका सदस्यहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय धर्म सभा नेपाल जिल्ला अधिवेशन तयारी समिति चितवनको वार्षिक साधारण सभा एवम् तेस्रो जिल्ला अधिवेशनका वक्ताहरुले नेपाललाई हिन्दु राज्य बनाउन पहल थाल्नुपर्ने बाएका छन् ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाल पञ्चांग निर्णायक समितिका पूर्व मअध्यक्ष एवम् राष्ट्रिय धर्म सभा नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर माधव प्रसाद भट्टराईले धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताए । वैदिक धर्मको संरक्षण र प्रवद्र्धनका लागि अब युवा वर्ग समेत मैदानमा उत्रनु जरुरी रहेको भट्टराईले बताए । हिन्दू धर्ममाथि निरन्तर रुपमा प्रहार हुँदै आएपछि आफूहरुले राष्ट्रिय धर्म सभा स्थापना गरेर धर्मसंस्कृतिमा जोड दिएको भट्टराईले बताए ।
सदियौ देखि चल्दै धार्मिक मूल्य र मान्यतालाई संकटमा पार्ने काम कसैबाट पनि हुन नहुनेमा भट्टराईले जोड दिए । कार्यक्रममा समितीका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक प्रकाश बाबु ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका केन्द्रीय सचिव रामचन्द्र पियाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनको उद्घाटन सत्र जिल्ला अधिवेशन तयारी समिति संयोजक प्रकाश बाबु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य चिजकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
यसैबीच, साधारणसभापछि आयोजित बन्दसत्रले मुना गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । आगामी २ वर्षे कार्यकालका लागी निर्वाचित ३१ सदस्यीय नया कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा श्याम सुन्दर विष्ट र उपाध्यक्षमा अम्बिका धिताल रहेका छन् । यसैगरी समितीको सचिवमा हरिहर दवाडी र कोषाध्यक्षमा चिज कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.