नेपाल र सिंखडालाई चौतारीको सम्मान

चितवन, १५ जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले शाखाका दुई जना सल्लाहकारलाई बधाई तथा सम्मान गरेको छ । चौतारीको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सल्लाहकार द्वय शालिग्राम नेपाल र शिशिर सिंखडालाई चितवन शाखाले शनिबार सम्मान तथा स्वागत गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले पत्रकारहरु आस्थाका आधारमा फरक नभइ एउटै भएर लाग्नुपर्ने बताए । एकतावद्ध भएर अगाडि बढ्न सकेको अवस्थामा पेशागत मागका सम्बन्धमा दबाब दिन सकिने भन्दै सम्पूर्ण सुभेच्छुक संस्थाहरुलाई एकतावद्ध हुन थपलियाले आग्रह गरे । चितवनलाई समृद्ध बनाउनका लागि सबै पत्रकारहरु लाग्नुपर्नेमा थपलिाले जोड दिए ।

प्रेस चौतारी चितवनले केन्द्रीय सदस्यमा दुई जना पत्रकार पाएकोमा बधाई दिँदै थपलियाले अबको दिनमा चितवनबाट सचिवालय हुँदै अध्यक्षता दाबेदार गर्नुपर्ने बताए । देशको राजनीतिक आन्दोलन सकिएकोले आगामी दिनमा आर्थिक समृद्धि तर्फ जोड दिँदै थपलियाले अबको आन्दोलन राष्ट्रिय समृद्धि र जनतालाई उचो बनाउनु भएको बताए ।

कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला सचिव तेजेन्द्र बहादुर खड्का, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारी, पर्यटन पत्रकार मञ्च चितवनका अध्यक्ष सूर्यप्रकाश कंडेललगायतले नेपाल र सिंखडालाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवाष पण्डितले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.