एमालेको बजेट सधै जनमुखी–उपमहासचिव भुसाल

शिशिर सिंखडा
चितवन, १५ जेठ । नेकपा एमालेका केन्द्रीयउपमहासचिवघनश्याम भुसालले एमालेले ल्याएको बजेट सधै जनमुखीभएको बताएकाछन् । सामाजिक सुरक्षा र कल्याणकारी राज्यको पक्षमाएमाले सधै रहेकोले सोहीअनुसार बजेट ल्याउने गरेको उनले बताए ।

नेकपा एमाले जिल्ला कमिटी सदस्यबिनोद रेग्मी,  नयाँशक्ति नेपालजिल्ला संयोजक रमेश रेग्मी र दिनेश रेग्मीको ममतामयीमातायशोदा देवी रेग्मीको दशौं दिनको पूण्यतिथिमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव भुसालले उत्पादनसँग जोडिने बजेटले मुलुकलाई सकारात्मक मोड तर्फ लाने भएकोले एमालेले त्यसतर्फ बजेट विनियोजन गर्ने गरेको बताए । नेकपा एमाले जिल्ला कमिटी चितवनद्वारा आयोजित कार्यक्रममा भुसालले सरकार परिवर्तनको सन्दर्भमा बाहिर आएको चर्चा अहिलेको आवश्यक विषय नभएको समेत टिप्पणी गरे ।

नेकपा एमाले वृद्धवृद्धाको सम्मानगर्ने पार्टी भएको बताउँदै भुसालले जिल्लाकमिटी सदस्य रेग्मीलगायत परिवारले आमाप्रति देखाएको व्यवहार समाजको लागि प्रसंशा योग्य रहेको बताए । ८२ वर्षे आमालाई जो कसैले पनि यसरी माया, स्नेह, उपचार गरेको कमै उदाहरणभएको भन्दै रेग्मी परिवारको प्रसंशा समेत गरे । स्मरण रहोस्, स्वर्गीय रेग्मीविगत एक वर्ष देखि मुटु, फोक्सो र पिसावको समस्याले थलिएकी थिइन् ।

एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य कृष्णखनाल, जिल्लाअध्यक्ष जगन्नाथ थपलिया, जिल्ला सचिव तेजेन्द्र बहादुर खड्का, कालिकानगर कमिटीअध्यक्ष भीष्म प्रसाद खनाल, परिवारजनको तर्फबाट सुरेन्द्र नाथ रेग्मीलगायतले शोक मन्तव्यव्यक्त गरेका थिए । स्वर्गीय रेग्मीको स्मृतिमा नयाँ शक्ति नेपाल चितवन, नेकपा एमाले वडा कमिटी कालिका वडा नं. ७, रेग्मीकुल सेवा समिति गोरखा, ग्लोबल भिजन मानव चेतनशील विकास संस्था, शिक्षक समाज नेपाल चितवनलगायतले श्रद्धाञ्जली कार्यक्रम गरेकाथिए ।

Leave a Reply

Your email address will not be published.