मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु १६ घाइते

दयाराम आचार्य
नवलपरासी, १२ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैँडाकोट नगरपालिका ११ मा बुधबार बिहान पाँच बजे मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १६ जना व्यक्ति घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यलय गैँडाकोटका प्रहरी हवल्दार कमल कुँवरले दिएको जानकारी अनुसार उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा थप एक महिला र एक जना पुरुषको मृत्यु भएको हो । यस अघि घटनास्थलमा एक जना महिला र एक जना पुरुषको मृत्यु भएको थियो । मृत्यु हुने व्यक्तिको नाम, ठेगाना खुल्न नसकेको कुँवरे बताए ।
सल्यानबाट काठमाडाँैका लागि छुटेको बा२क ११३७ नम्बरको मिनी ट्रक अकास्मात अनियन्त्रित भई सडक छेउमा रहेको समीको रुखमा ठोकिदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भईरहेको समेत कुँवरले बताए । घाईते मध्य केहिको अवस्था गम्भीर प्रकृति रहेको समेत कुँवरले जानकारी दिए ।
मिनि ट्रकमा चालक सहित २१ जना सवार रहेको बताइएको छ । मिनी ट्रकमा यति धेरै यात्रु किन यात्रा गर्दै थिए भन्ने बारे अनुसन्धान चलिरहेको हवल्दार कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published.