विद्युतीय रेक्सालाई व्यवस्थीत गर्न संयन्त्र गठन

चितवन, ११ जेठ । विद्युतीय रेक्सा सञ्चालनका सम्बन्धमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गरी संयन्त्र गठन भएको छ । संयन्त्र गठनपछि चितवनमा सञ्चालित १० वटा यातायात व्यवसायीहरुले मंगलबारदेखि गर्ने भनेको संघर्षका कार्यक्रम फिर्ता लिएका छन् ।
भरतपुर उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृतको संयोजकत्वमा सात सदस्यीय कार्यदल निर्माण भएको हो । कार्यदलले तयार पारेको प्रतिवेदन जेठ १७ गते चितवनका प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताइएको छ । चितवनमा सञ्चालनमा रहेका यातायात व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका थिए । गत फागुन ६ गते यातायात व्यवस्था विभागले गरेको परिपत्र अनुसार काम हुनुपर्ने माग गर्दै व्यवसायीले माग गरेका छन् ।
व्यवसायीले विद्युतीय रेक्सालाई राजमार्गमा सञ्चालन गर्न दिन नहुने, रातिमा चलाउन दिन नहुने माग राख्दै आएका थिए । विद्युतीय रिक्सा चालकहरुले सवारी चालक अनुमति पत्र नलिइ सवारी साधन चलाएको व्यापक गुनासो आइरहेको छ । यसका सम्बन्धमा ट्राफिक प्रहरीले कारबाही गर्दै आएको र अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी नचलाउन ट्राफिक प्रहरी निरीक्षक राजन भेटवालले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.