प्रमुख उद्योग अधिकृतलाई स्वागत

शंकर निर्देष
चितवन, ११ जेठ । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा कार्यालय प्रमुखको रुपमा आएका प्रमुख उद्योग अधिकृत गंगाधर पौडेललाई चितवन उद्योग संघले स्वागत गरेको छ ।
जेठ ९ गते आईतबारदेखि कार्यालयमा हाजिर भएका पौडेललाई उद्योग संघले मंगलबार स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भीम बहादुर पाण्डेले उद्योग अधिकृत पौडेललाई मायाको चिनो र फूलको गुच्छा प्रदान गरी स्वागत गरेका थिए ।
कार्यक्रममा पाण्डेले आफ्नो मन्तव्य व्यक्त गर्दै चितवन उद्योग संघ र घरेलु तथा साना उद्योग कार्यालय एक अर्काका परिपूरक रहेको आशय व्यक्त गर्दै आगामी दिनमा मिलेर अगाडी बढ्नुपर्ने आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रमुख उद्योग अधिकृत गंगाधर पौडेलले आफुले गर्नुपर्ने सहयोग सदैव गर्ने बताउदै चितवन उद्योग संघले स्वागत गरेकोमा खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.