मानव कल्याण केन्द्रको उद्घाटन

चितवन, ८ जेठ । भरतपुर ९ हाकिमचोकमा स्थापना भएको मानव कल्याण केन्द्रको शनिबार विधिवत रुपमा उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संस्थाका विषेश सल्लाहकार चण्डी प्रसाद पाठकले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन पश्चात् पाठकले आगामी दिनहरुमा मावनको हित र संरक्षण गर्नका निम्ती संस्थाले विषेश भूमिका खेल्ने विश्वास व्यक्त गरे । संस्थाप्रति आफ्नो सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै पाठकले आफुलाई विषेश सल्लाहाकार बनाएकोमा खुशी समेत व्यक्त गरे । सोहि कार्यक्रममै संस्थाले स्थापना गरेको खुत्रुके बचतको समेत उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार जनार्दन भूषालले समेत संस्थाले बालकदेखि वृद्धवृद्धासम्मका व्यक्तिहरुलाई सम्मान गर्दै सदैव मानव कल्याणका लागी विभिन्न सामाजिक संस्थाहरुसंग समेत सहकार्य गरेर अगाडि बढ्नुपर्ने राय व्यक्त गरे । सो कार्यक्रममा संस्थाका सल्लाहकार तेज प्रसाद देवकोटा, उपाध्यक्ष सीता देवकोटा, दिपा पाठक लगायतको समेत सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाका अन्य सल्लाहकार एवम् कार्यसमिति सदस्यहरुले समेत संस्थालाई सक्रिय बनाउन आ÷आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष माया पाठकको अध्यक्षतामा भएको हो ।