डब्लू आरआरले अश्रममा खाना खुवायो

चितवन, ८ जेठ । सामाजिक सञ्जालमा सक्रिया रहेका महिलाहरुको समूह डब्लू आर आरले वुद्ध जयन्तीको अवसर पारेर देशैभरी विभिन्न कार्यक्रम गरेको छ ।
यसै क्रममा चितवनमा सक्रिय रहेका डब्लू आर आरका सदस्यहरुले भरतपुर १० मा रहेको मानव सेवा आश्रममा बिहानको खाना खुवाएका छन् । महिलाहरुले विभिन्न संघसंस्थाको सहयोगमा आश्रममा रहेका व्यक्तिहरुलाई खाना खुवाएका हुन् । नारायणी नदी किनारमा पानी पुरी तथा चटपट बेचेको पैसालाई समाज सेवामा लगाएको डब्लू आर आर समूहकी सदस्य एन्जल ढुंगानाले बताइन् ।

WRR
उनीहरुले यस अगाडि पनि विभिन्न आश्रमहरुमा सहयोग गर्दै आएको ढुंगानाको भनाइ छ । फेसबुकमा मात्र सक्रिय हुनुभन्दा सामाजिक क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यले आफूहरुले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई खाना खुवाएको ढुंगानाले बताइन् ।
उक्त मानव सेवा आश्रममा विभिन्न उमेर समूहका ४० जना व्यक्तिहरुले आश्रय लिइरहेका अभियान्ता रञ्जु लामिछानेले बताइन् । आश्रममा १७ जना महिला, २० जना पुरुष, एक जना दुई वर्षकी बालिका रहनुका साथै दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको लामिछानेले जानकारी दिइन् । खुट्टामा घाउ भएको र मानसिक सन्तुलन गुमाएका दुई व्यक्तिको अस्पतालमा उपचार भइरहेको लामिछानेको भनाइ छ ।